आफ्नै प्लेटफर्म खोलेर सामाजिक सञ्जालमा आउँदै ट्रम्प


प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही महिनामा नै सामाजिक सञ्जालमा फर्कने भएका छन् । ट्रम्पका प्रवक्ताका अनुशार उनी फेसबुक वा ट्वीटर लगायतका सामाजिक सञ्जालमार्फत नभई आफ्नै कम्पनी खोलेर आउने भएका छन् ।

दुईदेखि तीनमहिनामा ट्रम्प सामाजिक सञ्जालमा फर्कने ट्रम्पका लामो समयदेखिका सल्लाहकार ज्यासन मिलरले बताएका छन् । ट्रम्पको फिर्तीले दशौं मिलियन प्रयोगकर्तालाई आकर्षित गर्ने र खेललाई पूर्णरुपमा पुन परिभाषित गर्ने उनको भनाई छ ।

नयाँ प्लेटफर्म निकै ठूलो हुने मिलरको भनाई छ । सबैले उनलाई चाहने र दशौं मिलियन व्यक्तिलाई ट्रम्पले उक्त प्लेटफर्मममा ल्याउने मिलरको आशा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई फेसबुक, ट्वीटर, युट्युब लगायतले स्थायी रुपमा नै प्रतिबन्ध लगाएका छन् । त्यो यता नै ट्रम्पले बैकल्पिक सामाजिक सञ्जालका बारेमा योजना बनाउदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com