न्युजर्सीबाट फ्लोरिडा उडेको विमानमा यात्रुले कान टोकेपछि साउथ क्यारोलिनामा आकस्मिक अवतरण


प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार

न्युजर्सीबाट फ्लोरिडा उडेको विमानमा एकजना यात्रुले अर्को यात्रुको कान टोकेपछि साउथ क्यारोलिनामा आकस्मिक अवतरण गरिएको छ । फ्लोरिडाको मायामीका लागि उडेको युनाइटेड एयरलाइन्सको विमान ७२८ मा यो घटना भएको हो ।

विमान विहान १० बजेर १० मिनेटमा आकस्मीक अवतरण गरेको थियो भने अवतरण हुनासाथ विमानमा प्रहरी प्रवेश गरेको थियो । कान टोक्ने व्यक्ति न्युजर्सी निवासी जोन युर्कोभिच रहेको जनाएएको छ । उनलाई पछाडी हातबाँधेर बाहिर निकालिएको छ ।

युर्कोभिचले कर्मचारीसँग पानीमागेर चक्कीजस्तो देखिने चीज खाएको र त्यसपछि चिच्याउन र यताउता हिर्काउन थालेको जनाइएको छ । उनी विमानमा चढ्दादेखि नै चिन्तित अवस्थामा देखिएको छेउमा बस्ने यात्रुले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युर्कोभिचले सुरुमा नजिकैको सिटमा रहेका एकजना यात्रुलाई मुक्का हानेको र चस्मा फुटाएको जनाइएको छ । अरु यात्रुहरु आएर छुटाउन खोज्दा युर्कोभिचले मुक्का हानेको र चस्मा फुटाएको यात्रुको कान समेत टोकिदिएको जनाइएको छ । युर्कोभिचले अर्को एजनालाई नाकमा र अर्कोलाई निधारमा समेत मुक्का हानेको जनाइएको छ ।

यसरी विध्वंस मच्याएपछि आक्रमण गर्ने युर्कोभिचलाई बेनाड्रिलको इन्जेक्सन लगाइएको थियो । प्रहरीले आक्रमणगर्ने ती यात्रु बिरुद्ध विभिन्न प्रकारका अभियोगहरु लगाएको छ । उनको खल्तीबाट डेढग्राम सेतो धुलो भेटिएकोमा पछि परीक्षण गर्दा मेथामफेटामाइन्स रहेको पुष्टी भएको छ ।

उक्त यात्रुका लागि ५० हजार डलर धरौटी तोकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com