राष्ट्रपतिमा बाइडेनका २ महिना, ६ महत्वपूर्ण उपलब्धी
प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार
अमेरिकामा राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेको २ महिना पूरा भएको छ । जनवरी २० मा कार्यभार सम्हालेका बाइडेनले यो अवधिमा अध्यागमन लगायतका क्षेत्रमा दर्जनौं कार्यकारी आदेशहरु जारी गरेका छन् भने ट्रम्पका कैयन आदेश र नीति नियमहरु उल्टाएका छन् ।
तर बाइडेन आफैले भने यो अवधिका ६ वटा उपलब्धीहरुलाई मुख्य उपलब्धीका रुपमा व्याख्या गरेका छन् । १४ सय डलरको राहत चेक लगायत समेटिएको १ दशमलव ९ ट्रिलियनको प्याकेज पारित गर्नुलाई पहिलो उपलब्धीका रुपमा बाइडेनले उल्लेख गरेका छन् । बाइडेनले गरेको यो प्रतिज्ञा २ महिनाकै अवधिमा पूरा भएको हो ।
In two months, we’ve:
– Passed the American Rescue Plan
– Administered 100 million shots
– Rejoined the Paris Agreement
– Reversed the transgender military and Muslim bans
– Expanded access to health care and voting
– Acted to end private prisonsAnd we’re just getting started.
— President Biden (@POTUS) March 21, 2021
त्यस्तै १ सय दिनमा मिलियनलाई कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने प्रतिबद्धता बाइडेनले जनाएका थिए । तर बाइडेन प्रशासनको दुईमहिनामा नै १ सय मिलियन भ्याक्सिन वितरण भइसकेको छ भने एकसयदिनमा एकसयमिलियनलाई भ्याक्सिन लगाउने लक्ष्य पनि पूरा हुने दिशामा छ । ट्रम्प र बाइडेनकालमा गरी अहिलेसम्म १५६ मिलियन भ्याक्सिन डेलिभर भएको छ भने १२१ मिलियन शट व्यक्तिका पाखुरामा पुगिसकेको छ ।

बाइडेन प्रशासनले पेरिस सम्झौतामा पुन अमेरिकालाई समावेश गरेको छ । यो महत्वपूर्ण जलवायु सम्झौतबाट ट्रम्प प्रशासनले अमेरिकालाई अलग गराएको थियो । तर बाइडेनले कार्यभार सम्हालेको पहिलो दिनमा नै पेरिस सम्झौतामा अमेरिकालाई पुन समावेश गराएका हुन् ।
अमेरिकी सेनामा तेश्रो लिंगीहरुलाई लगाइएको प्रतिबन्ध र अमेरिकामा मुस्लिम बाहुल्य देशबाट भिसामा लगाइएको प्रतिबन्धलाई पनि बाइडेनले उल्टाएका छन् । कार्यभार सम्हालेको पहिलो साता नै बाइडेनले अमेरिकी सेनामा तेश्रो लिंगीमाथि लगाइएको प्रतिबन्ध उल्टाएका हुन् । अमेरिकी सेनामा झण्डै १५ हजार तेश्रो लिंगीहरु रहेका छन् ।

त्यस्तै बाइडेनले दुईमहिनाको अवधिमा हेल्थकेयर र मतदानमा पहुचलाई बृद्धि गरेका छन् भने निजी जेलहरु बन्द गर्ने दिशामा कदम चालेका छन् । यसलाई पनि बाइडेनले आफ्नो २ महिनाको अवधिमा गरेका मुख्य उपलब्धीका रुपमा सुचिकृत गरेका छन् ।
यी बाहेक बाइडेनले अध्यागमनका क्षेत्रमा ट्रम्प प्रशासनले गरेका कैयन कडाईहरुलाई हटाएका छन् । विगतका कैयन मेमोहरु बाइडेन प्रशासनले खारेज गरेको छ । पब्लिक चार्जको नियम कार्यान्वयन रोकेको छ । भिसा स्पोन्सर लगायतका विषयमा कडाई गर्ने प्रस्तावित नियमहरु खारेज गरेको छ ।







