विमान चढ्दा सिंढीमा दुईपटक लडे राष्ट्रपति बाइडेन, सकुशल रहेको ह्वाइटहाउसको भनाई


प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई एयरफोर्स वान चढ्ने क्रममा सिंढीमा ठेस लागेको छ । उनी दुईपटकसम्म अल्झिएका थिए ।

एकपटक अल्झिएर उठ्न खोज्दा उनी अर्कोपटक झन् बेसरी अल्झिएका थिए । उनी झण्डै सिंढीमा नै बस्ने अवस्था आएपनि सम्हालिएर उठेका थिए । उठ्नका लागि केहीबेर संघर्ष गर्नुपरेको थियो । त्यसपछि माथि पुगेर सलाम गदैै उनी विमानभित्र छिरेका थिए ।

ह्वाइट हाउस प्रेस सेक्रेटरीले राष्ट्रपति बाइडेन शतप्रतिशत सकुशल रहेको र कुनै चोटपटक नलागेको बताएकी छिन् । एकदमै हावा चलेकाले आफू समेत सिढीमा झण्डै नलडेको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत नोभेम्बरमा बाइडेनलाई खुट्टामा चोट लागेको थियो । त्यतीबेला उनको खुट्टा मर्किएको थियो । कुकुर मेजरसँग खेल्ने क्रममा उनको खुट्टा मर्किएको थियो । उक्त खुट्टामा आज पुन चोट लागेको नलागेको बारे केही बताइएको छैन ।

डाक्टरले कुनै चेकअप गरे नगरेको लगायतका प्रश्नहरु गर्दा ह्वाइट हाउस प्रेस सेक्रेटरीले बाइडेन ठीकठाक रहेकोमात्र दोहोराइन् । बाइडेनका कुनै पनि कार्यतालिकाहरु रद्द नगरिएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com