आक्रमण गर्नेलाई ७५ बर्षकी एसियन बृद्धाले लाठीले हिर्काएपछि आक्रमणकारी नै अस्पतालमा


प्रकाशित मिति : चैत्र ५, २०७७ बिहीबार

हजुरआमाको प्रतिरोधपछि आक्रमणकारीलाई हतकडी लगाएर स्ट्रेचरमा राखेर अस्पताल लगिदै

क्यालिफोर्नियामा ७५ बर्षकी एसियन बृद्ध महिलामाथि एकजना ३९ बर्षका पुरुषले आक्रमण गरेपछि महिलाले काठको टुक्राले हिर्काएर प्रतिरोध गरेकी छिन् । बृद्धा महिलाको लाठीले घाइते आक्रमणकारीलाई हतकडीसहित स्ट्रेचरमा राखेर अस्पताल लगिएको छ । भिडियोमा स्ट्रेचरमा रहेका आक्रमणकारीलाई हतकडी लगाइएको देखिएको छ ।

सान फ्रान्सिस्कोमा उक्त पुरुषले अचानक आक्रमण गरेपछि ती बृद्धा महिला जिया जेन जीले काठको टुक्राले हानेर प्रतिरोध गरेकी थिइन् । त्यसपछि रक्ताम्मे भएको आक्रमणकारीलाई अस्पताल भर्ना गरिएको थियो । आक्रमणपछि बृद्ध महिला निकै आत्तिएकी थिइन् ।

आक्रमणकारीलाई प्रतिरोध गरेपछि ७५ बर्षकी बृद्ध महिला

पछि उनलाई पनि अस्पताल लगिएको थियो । उनको अनुशार सुन्निएको छ भने एउटा आँखाले हेर्नमा समस्या भएको छ । ट्राफिक लाइटमा बाटो काट्न कुरिरहेको बेलामा उक्त व्यक्तिले अचानक आएर अनुहारमा हानेको ती बृद्धाले बताएकी छिन् । त्यसपछि उनले पनि काठको टुक्रा उठाएर आक्रमणकारीलाई हानेकी थिइन् ।

आक्रमण लगत्तैको भिडियोमा बृद्धाको एउटा हातमा काठको टुक्रा रहेको देखिन्छ भने अर्को हातमा रहेको आइस ब्यागले चोट लागेको अनुहारमा सेकेको देखिन्छ । ती महिलाले चाइनिज भाषामा ‘मलाई किन हानेको ?’ भन्दै रुदै बोलेको भिडियोमा देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले सम्भावित घृणाको घटनाका रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । बुधबार ८३ बर्षका एसियन पुरुषमाथि भएको आक्रमणको घटनामा समेत ती व्यक्ति संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com