राहत चेक: ९० मिलियन अमेरिकनलाई पठाइयो १४ सयका दरले २४२ बिलियन डलर


प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार

अमेरिकी सरकारको आईआरएसले राहत चेक बापत ९० मिलियन अमेरिकनलाई १४ सय डलरका दरले २४२ बिलियन डलर पठाएको जनाएको छ । जुन चेक आज अधिकांशको खातामा प्राप्त भएको छ ।

तेश्रो चरणको राहत चेकका लागि योग्य हुने झण्डै आधा जनसंख्याले यो रकम प्राप्त गरिसकेको छ । सरकारले अधिकांशलाई बैंकमा डाइरेक्ट डिपोजिटमार्फत रकम पठाएको छ भने झण्डै १ लाख ५० हजारलाई हुलाकमार्फत चेक पठाएको छ ।

आगामी दिनमा बाँकीले राहत चेकको रकम प्राप्त गर्दै जानेछन् । कतिपयले यो रकम प्रिपेड कार्डका रुपमा समेत प्राप्त गर्ने भएका छन् । रकम प्राप्त गर्नका लागि कुनै पनि कदम चाल्नु नपर्ने आईआरएसले जनाएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

७५ हजार भन्दा कम बार्षिक आम्दानी भएकाले १४ सय डलर, १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले २८ सय र हरेक डिपेन्डेन्टका लागि १४ सय डलरका दरले रकम प्राप्त गरेका छन् ।

राहत चेक २०१९ वा २०२० को आम्दानीको आधारमा वितरण गरिएको छ । सन् २०२० को ट्याक्स फाइल गरिसकेकाहरुका सन्दर्भमा २०२० कै आम्दानीका आधारमा र नगरेकाहरुको सन्दर्भमा २०१९ को आम्दानीका आधारमा चेक प्रदान गरिएको छ । उदाहरणका लागि दुईवटा बच्चा भएका दम्पत्तिले ५६ सय डलरको चेक पाउँछन् ।

 

यसरी गर्नुहोस् ट्रयाक

तपाईको एकाउन्टमा कुन दिन राहत चेक पठाइदैछ ? कुन विधिबाट पठाइदैछ ? कुन एकाउन्टमा पठाइदैछ ? त्यो हेर्नमिल्ने टुल आईआरएसले व्यवस्था गरेको छ ।

आफ्नो राहत चेक कुन बिधिबाट कहिले आउँछ थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

क्लीक गरिसकेपछि तपाईले फर्ममा सोसल सेक्युरिटी नम्बर, जन्ममिति, स्ट्रीटको ठेगाना र जीपकोड हाल्नुपर्छ । ठेगाना हाल्दा तपाईले स्ट्रीटको ठेगाना र अपार्टमेन्ट नम्बरमात्र हाल्नुपर्छ । सिटी र स्टेट उल्लेख गर्नुपर्दैन ।

तपाईको घरनम्बर र स्ट्रीट नम्बर हालेपछि अपार्टमेन्ट नम्बर उल्लेख गर्नुपर्छ । उदारहणका लागि तपाई ९७२० ५७ एभिन्युमा बस्नुहुन्छ भने त्यतीमात्र हालेर कमा पछि अपार्टमेन्ट नम्बर उल्लेख गर्नुपर्छ ।

पहिलो र दोश्रो चरणको चेकको स्टाटस हेर्न भने अनलाइनमा एकाउन्ट बनाउन जरुरी हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com