मार्च १४ पछि थपिएको साप्ताहिक ३ सय पाउन कतिपयले अप्रिलभर कुर्नुपर्ने


प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार

अमेरिकामा काम गुमाएकाहरुका सन्दर्भमा बेरोजगारी विमा रकमका अतिरिक्त मार्च १४ पछि थपिएको साप्ताहिक ३ सय पाउन कतिपयले अप्रिलभर कुर्नुपर्ने भएको छ । अतिरिक्त रकम कैयनले अप्रिलको मध्य वा अन्त्यपछिमात्र पाउने डिपार्टमेन्ट अफ लेबरले बताएको छ ।

राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ ट्रिलियन डलरको बिलमा बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर रकम सेप्टेम्बरको पहिलोसातासम्म पाउनेगरी बढाइएको हो । राज्यहरुलाई आफ्नो कम्प्युटर प्रणालीमा सुधार गर्न केही सातासम्म लाग्नसक्ने लेबर डिपार्टमेन्टको मेमोमा जनाइएको छ ।

कतिपय राज्यले कम्प्युटर प्रणालीमा छिटो परिवर्तन गरेको खण्डमा उक्त राज्यमा त्यो रकम छिटो नै प्राप्त हुनेछ । यसर्थ अतिरिक्त साप्ताहिक ३ सय कहिलेसम्म आइपुग्ने भन्ने कुरा राज्यमा निर्धारण हुनेछ । जहिलेसम्म आएपनि मार्च १४ कै मितिबाट हिसाब गरेर उक्त रकम प्रदान गरिनेछ ।

यसअगाडिको चरणका थपिएका बेरोजगारी सुविधा रकम पाउन पनि कतिपय राज्यमा हप्तौं र कतिपयमा महिनौं ढिलो भएको थियो । यद्यपी न्युयोर्क लगायतका राज्यहरुले भने उक्त रकम समयमै उपलब्ध गराएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतसाता पारित राहत प्याकेजमा बेरोजगारी विमामा अतिरिक्त साप्ताहिक ३ सयको साथमा राहत चेकको पनि व्यवस्था गरिएकोमा राहत चेक प्राप्त हुन थालिसकेको छ । शुक्रबार पहिलो लटमा पठाइएको राहत चेक अधिकांशको खातामा आज मार्च १७ मा आइसकेको छ ।

राहत चेकको योग्यतामा परिवर्तन गरिएकाले ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्छन् । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउाछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउँदैनन् ।

घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउँछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउँदैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिएको छ ।

राहत प्याकेजमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुने परिवारको हकमा सुरुको १० हजार २ सय सम्मको सुविधा रकममा ट्याक्स नलाग्ने प्रावधान छ । तर बाइडेनले बिलमा हस्ताक्षर गर्नु अगाडि नै ट्याक्स फाइल गरेकाहरु यो सुविधा कसरी लिने भन्ने सन्दर्भमा अन्यौलमा परिरहेका छन् । आईआरएसले यो अन्यौल अन्त्य गर्नेगरी स्पष्ट पारिदिएको छ ।

पहिले ट्याक्स फाइल गरिसकेकाहरुलाई ट्याक्स नलाग्ने १० हजार २ सय डलरका लागि अहिले तुरुन्तै ट्याक्स परिमार्जन फाइल नगर्न आईआरएसले सुझाव दिएको छ । उक्त १० हजार २ सय डलरको समेत ट्याक्स तिरिसकेको अवस्थामा उक्त रकम फिर्ता पाउनका लागि आईआरएसले निकट भविश्यमा अतिरिक्त निर्देशिका जारी गर्ने स्पष्ट पारेको छ ।

आईआरएसले निर्देशिका जारी गरिसकेपछि उनीहरुले कदम चालेपछि पहिले तिरेको बेरोजगारी विमाको १० हजार २ सय डलरको ट्याक्स रकम फिर्ता पाउनेछन् ।

सन् २०२० मा बेरोजगारी विमा रकम लिएका तर ट्याक्स फाइल नगरेकाहरुलाई समेत ट्याक्स नलाग्ने १० हजार २ सय डलरको फाइदा लिनका लागि केही समय प्रतिक्षा गर्न आईआरएसले सुझाव दिएको छ । कागजीरुपमा फाइल गर्नेहरुका लागि छिट्टै वर्कसिट उपलब्ध गराउने र अनलाइनबाट फाइल गर्नेहरुका सन्दर्भमा सफ्टवेयर अपडेटका लागि सफ्टवेयर कम्पनीसँग काम गर्ने आईआरएसले जनाएको छ ।

प्रणालीमा अपडेट गरिसकेपछि ट्याक्स फाइल गर्ने व्यक्तिले कसरी बेरोजगारी विमाको ट्याक्स नलाग्ने रकम रिपोर्ट गर्ने भन्ने सन्दर्भमा विकल्पकहरु प्राप्त गर्नेछन् । नयाँ चरणको राहत चेक, बिस्तारित चाइल्ड ट्याक्स क्रेडिट, अगाडि नै प्राप्त गर्न सकिने चाइल्ड ट्याक्स क्रेडिटको रकम र अन्य ट्याक्सका प्रावधानहरु अपडेट गर्ने आईआरएसले जनाएको छ ।

मार्च ५ सम्म आईआरएसले ५६ मिलियन व्यक्तिका ट्याक्स रिटर्नहरु प्राप्त गरेको छ भने ४९ मिलियन व्यक्तिका फाइल प्रकृयामा लगिसकेको छ । गतबर्ष झण्डै ४० मिलियन व्यक्तिले अमेरिकामा बेरोजगारी विमा रकम प्राप्त गरेका थिए । औषतमा एकजना १४ हजार डलर सहायता प्राप्त गरेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com