नेपाली समुदायसँग नजिक न्युयोर्क सिटी मेयर उम्मेदबारलाई १० मिलियन डलर फण्डरेज


प्रकाशित मिति : चैत्र १, २०७७ आईतबार

नेपाली टोपीमा एरिक आडम्स

न्युयोर्कमा रहेको नेपाली समुदायसँग नजिक रहेका न्युयोर्क सिटी मेयरका उम्मेदबार एरिक आडम्सले झण्डै १० मिलियन डलर फण्डरेज गरेका छन् । न्युयोर्क सिटी मेयरको चुनावका लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदबार आडम्सको अभियानका लागि चुनावका लागि अधिकतम खर्च गर्न पाइने रकमभन्दा पनि धेरै फण्डरेज भएको छ ।

म्याच फण्ड प्राप्त भएपछि एरिक आडम्सको चुनावी अभियानका लागि खर्च गर्न बाँकी रहेको ८ मिलियन डलर हातमा हुनेछ । विगत २ महिनाको अवधिमामात्र ३ लाख ३० हजार फण्डरेज भएको उनको चुनावी अभियानमा ल्याटिनो र जातीय आउरिच सल्लाहकार होजे बेयोनाले जानकारी दिएका छन् ।

नेपाली समुदायका तर्फबाट एरिक आडम्सलाई इन्डोर्स गर्न आयोजित एक कार्यक्रममा नेपाली टोपीमा एरिक आडम्स ।

एरिक आडम्स न्युयोर्कसिटीभित्रबाट संकलित फण्डमा ८ गुणासम्म म्याचफण्ड प्राप्त गर्न योग्य रहेका छन् । बु्रकलिन बोरो प्रेसिडेण्ट समेत रहेका आडम्स न्युयोर्कमा नेपाली समुदायसँग नजिक मानिन्छन् । नेपालीहरुका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेदेखि कोरोना महामारीमा नेपाली समुदायलाई उनको कार्यालयका तर्फबाट विशेष सहयोग उपलब्ध गराइएको थियो ।

न्युयोर्क सिटीका हरेक कुनाबाट आफूलाई सहयोग प्राप्त भएकोमा आफू निकै उत्साहित भएको उनले बताएका छन् । एरिक आडम्सले विभिन्न चर्चित राजनीतिज्ञहरुबाट समर्थन समेत प्राप्त गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com