अमेरिकामा आजको रात ११ घण्टाको हुने, १ घण्टा समय घट्दै, घडी मिलाउन सल्लाह


प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार

अमेरिकामा आजको रात ११ घण्टाको हुनेछ । किनभने  डेलाइट सेभिङ टाइम आज राती सुरु हुने भएको छ । जस अन्तरगत आज राती १ बजेर ५९ मिनेट गइसकेपछि २ बज्नुपर्नेमा ३ बज्नेछ ।

बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप ७ घण्टा सुत्न पाउनेछन् । रातीमा काम गर्नेहरुले भने ८ घण्टाको साटो ७ घण्टा काम गर्नुपर्नेछ ।

१ घण्टा समय अगाडि जाने भएकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा घडी एकघण्टा फरवार्ड गर्नुपर्नेछ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै १ घण्टा फरवार्ड हुनेछ ।

आजदेखि सुरु हुने डेलाइट सेभिङ टाइम नोभेम्बर ७ मा समाप्त हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com