चैत ७ को बैठकमा पनि नआए नेपाल–खनाल पक्षलाई कारबाही गर्ने ओलीको चेतावनी


प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा पनि अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

अखिल नेपाल महिला संघको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले माधव नेपाल तथा झलनाथ खनाल समूहलाई यस्तो चेतावनी दिएका हुन्। ओली पक्षले आगामी चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ।

ओलीले माधव नेपाल समूहलाई समय दिन चैत ७ गतेका बैठक बोलाइएको बताए। ‘प्रशस्त समय दिएर बैठक बोलाएको छु, सुनिनँ भन्न पाइन्न, केन्द्रीय सदस्य आउनुहोला, अनुपस्थित हुँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जान्छ।’

उनले आफूले कसैलाई ननिकाले उल्लेख गर्दै पार्टी चलाउँदै गर्न केही साथीहरुलाई जिम्मा दिएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पार्टी ध्वस्त बनाउनेहरुलाई जनताले सवक सिकाउँछन्’
ओलीले आफ्नो पार्टी ध्वस्त बनाउनेहरुलाई जनताले सवक सिकाउनुपर्ने पनि बताए।

‘यस्ता कुलांगार छन्, आफ्नै पार्टी ध्वस्त पार्ने अनि टालाटुली जोडेर बनाएको पुतलीजस्तो सरकार बनाउन कुद्या छन्, प्रधानमन्त्री खाइदिनु भन्या छन्,’ उनले भने, ‘अनि यस्तालाई जनताले माया गर्नुपर्ने, यस्तालाई आगामी चुनावमा जवाफ दिनुपर्छ, सवक सिकाउनुपर्छ।’

ओलीले शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा माधव नेपालपक्ष अनुपस्थित भएको उल्लेख गर्दै पार्टीमा काम चलाउँदै गर्न केही नेताहरुलाई जिम्मा दिएको बताए। ‘हिजोको बैठकमा उनीहरु आएनन्, पहिलेदेखि आइरहेका छैनन्,’ उनले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com