यौन उत्पीडनका आरोपहरुपछि न्युयोर्क गर्भनर कुमोमाथि राजिनामाको दवाव र महाभियोग अनुसन्धान


प्रकाशित मिति : फाल्गुन २८, २०७७ शुक्रबार

श्रृंखलाबद्ध यौन उत्पीडनका आरोपहरुपछि न्युयोर्क गर्भनर एन्ड्रयु कुमोमाथि राजिनामाको दवाव परेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने न्युयोर्कका अधिकांश डेमोक्रेटिक सांसदहरुले कुमोलाई राजिनामा दिन भनेका छन् । १३ जना डेमोक्रेटिक सांसदहरुले कुमोले राजिनामा दिनैपर्ने बताएका हुन् ।

कुमोमाथि लागेका अभियोगहरुका कारण न्युयोर्कका जनतालाई प्रभावकारी रुपमा सेवागर्ने उनको क्षमतामा बाधा उत्पन्न भएको सांसदहरुको ठहर छ । न्युयोर्क राज्य संसदको तल्लो सदनका स्पीकरले कुमोबिरुद्धको महाभियोग अनुसन्धान अगाडि बढाउन स्वीकृति दिए लगत्तै संघीय संसदमा प्रतिनिधित्व गर्ने डेमोक्रेटिक सांसदहरुले राजिनामा मागेका हुन् ।

कुमोलाई राजिनामा दिन भन्ने सांसदहरुमा अलेक्जिेन्ड्रिया ओकासियो कोर्टेज , एभेट क्लार्क, ग्रेस मेङ, एन्टोनियो डेलगाडो लगायत रहेका छन् । कुमो प्रशासनमाथि न्युयोर्कका दीर्घकालिन हेरचाह केन्द्रहरुमा कोरोनाबाट मृत्यु हुने ५० प्रतिशतको मृत्युको रिपोर्ट नगरेको विवरण राज्यको एटोर्नी जनरलको अफिसले प्रकाशित गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतसाता कुमोले आफ्नो व्यवहारका कारण महिलाहरुमा असहज अनुभव भएको भन्दै क्षमा मागेका थिए । तर उनले कसैलाई पनि अनुचित तरिकाले छोएको आरोप अस्वीकार गरेका थिए । साथै उनले राजिनामाको माग पनि अस्वीकार गरेका थिए ।

बिहिबार न्युयोर्कको राज्यको संसदका दुबै सदनका ५० भन्दा धेरै सांसदहरुले एउटा पत्रमार्फत पनि कुमोले राजिनामा दिने समय आएको बताएका थिए । वासिंटन डिसीमा संघीय सिनेटमा प्रतिनिधित्व गर्ने न्युयोर्कका सिनेटर चक सुमरले कुमोबिरुद्धका अभियोगहरु निकै दुखदायी रहेको बताएका छन् । साथै ती अभियोगहरु विस्तृत रुपमा अनुसन्धान गर्नुपर्ने बताएका थिए । तर कुमोले राजिनामा दिनुपर्ने कुरा भने उनले उठाएनन् ।

त्यस्तै न्युयोर्कबाटै संघीय सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस्चेन जिलिब्राण्डले पनि राजिनामाको कुरा उठाएकी छैनन् । तर उनले पनि कुमोबिरुद्धका अभियोगहरुको अनुसन्धान हुनुपर्ने बताएकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com