राजनीतिभन्दा माथि उठ्नुपर्छ एनआरएन


प्रकाशित मिति : फाल्गुन २७, २०७७ बिहीबार

सागर अर्याल

– सागर अर्याल

हामी गैरआवासीय नेपाली हौं। विश्वका जुनसुकै कुनामा भए पनि हाम्रा हकहितका बारेमा सबैको आवाज थप सशक्त तथा बुलन्द पार्दै अगाडि बढाउनु हामी सबैको दायित्व हो। प्रवासमा हाम्रो मजबुत एकताले नेपाल र नेपालीको हितका लागि प्रगतिको पथमा लम्कन सहयोग पुग्छ। हामीलाई नेपाली राजनीति अमेरिकी भूमिमा गर्नुभन्दा अमेरिकी मूलधारको राजनीतिमा नेपालीहरुको सहभागिता र सक्रियताले बढी सहज र फाइदा हुन्छ । एनआरएन अमेरिकाको चुनाव नजिकिँदै गर्दा यहाँ देखिने गरेको नेपालको झझल्को दिने खालको चुनावी अभियानले नेपालीबीच एकताभदा आपसमा वैमनस्यता निम्त्याउने देखिन्छ।

एनआरएन चुनावलाई नेपालको राजनीतिसँग तुलना नगरौं। नेपालमा छँदा जुनसुकै विचार अँगाले पनि अमेरिकी भूमिमा हामी एनआरएन बनेका छौं। अब हामी कुनै पार्टी हैन, विशुद्ध नेपाली हौं र हाम्रो एकमात्र उद्देश्य नेपाली र नेपालको हितमा हुनुपर्छ। हामीले हाम्रो भातृत्व र वन्धुत्वको सम्बन्धलाई सदैव प्रगाढ राख्ने प्रयास गर्नुपर्छ। यसैमा सम्पूर्ण गैरआवासीय नेपालीको भलाइ हुने कुरामा दुइ मत छैन। हाम्रा गतिविधिलाई अमेरिकालगायत संसारका जुनसुकै ठाउँमा रहे–बसेका नेपाली दाजुभाइ, दिदीबहिनीको हकहितमा समाहित गराई अगाडि बढाउनु नै आजको आवश्यकता हो।

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सलाई मात्र गणना गर्ने तर उनीहरुलाई भोट दिने अधिकारबाट वन्चित गराउन नसकिने सर्वोच्चको फैसलाको सम्मान गरिनुपर्छ।

नेपालमा सर्वोच्च अदालतले नेपाली नागरिकता रहेका नागरिकहरुले रोजगारीका क्रममा विश्वका जुनसुकै देशमा रहेको भए पनि सम्बन्धित ठाउँबाटै मतदान गर्न पाउने ऐतिहासिक फैसला गरेको छ। नोट चल्ने, तर भोट किन नचल्ने? वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सलाई मात्र गणना गर्ने तर उनीहरुलाई भोट दिने अधिकारबाट वन्चित गराउन नसकिने सर्वोच्चको फैसलाको सम्मान गरिनुपर्छ। यो हामी गैरआवासीय नेपालीका लागि खुसीको कुरा हो। विदेशमा श्रम गरिरहेका लाखौं नेपालीले पठाएको रेमिट्यान्सले अर्थतन्त्र चलिरहेको परिप्रेक्ष्यमा विदेशमा रहेर श्रम व़ा शिक्षा आर्जन गरिरहेका लाखौं नेपाली युवाले मतदानमा सहभागी हुन नपाएसम्म लोकतन्त्र अपूर्ण हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैरआवासीय नेपालीको अथक प्रयासपश्चात् नेपालको संविधान २०७२ मा संघीय कानुनबमोजिम आर्थिक , सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरि नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने प्रावधान राखिएको छ।

संविधानको उक्त प्रावधान लागू गर्न कानुन आवश्यक भएकोमा सरकारले संसदमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक प्रस्तुत गरेको छ। गैरआवासीय नेपालीले यसलाई सकारात्मक पहलको रुपमा लिएका छन् र स्वागत गरेका छन्। प्रस्तावित विधेयकमा राजनीतिकबाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरि गैरआवासीय नेपाली नागरिकता पाउन सक्ने छ भनिएको छ। यो हाम्रा लागि सुखद पक्ष हो र सरकारसँग हाम्रो मुख्य माग नै यही हो।

कुनै व्यक्तिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरिसकेको भए तिनका छोराछोरीले बाबु व़ा आमाको गैरआवासीय नेपाली नागरिकताकै आधारमा गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था कानुनमा गर्नुपर्छ।

कुनै व्यक्तिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरिसकेको भए तिनका छोराछोरीले बाबु व़ा आमाको गैरआवासीय नेपाली नागरिकताकै आधारमा गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था कानुनमा गर्नुपर्छ। यस्तो भएमा दोस्रो र तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि नेपालसँग जोडेर राख्न सकिन्छ, जसले गर्दा विदेशमा सिकेको ज्ञान, सीपलाई सहजै नेपाल लैजान सकिन्छ। यसले गर्दा देशलाई अन्तर्राष्ट्रिय समुदायमा सहजै पहिचान दिलाउन सकिन्छ। एनआरएनहरुले यसबारेमा पनि सरकारसँग माग गर्नुपर्छ।

गैरआवासीय नेपाली नागरिकतालाई कसरी र के आधारमा अर्को प्रकारको नेपाली नागरिकतामा परिणत गर्न सकिन्छ भन्न व्यवस्था पनि ऐनले गर्नुपर्छ। यसका लागि अझै धेरै पहल गर्नुपर्ने देखिन्छ। कुनै व्यक्तिले पहिले विदेशको नागरिकता लिएकोमा पछि नेपालमा नै फर्केर स्थायी बसोबास गर्न निस्कर्षमा पुगेमा र निजले विदेशी नागरिकता त्यागेमा स्वतः साबिकको नेपाली नागरिकता पाउने व्यवस्था गरिनुपर्छ।

एनआरएनलाई नेपालको राजनीति, गुट, उपगुट बनाउन खोज्ने व्यक्तिहरु यो संस्थाको नेतृत्वमा आएर संस्थाको गरिमालाई खस्काउने काम गर्नु हुँदैन।

एनआरएन नेपाल सरकारले मान्यता दिएको र विदेशमा सम्बन्धित देशको कानुन अनुसार दर्ता भई सञ्चालन गरिएको संस्था हुँदा यसको भिन्दै किसिमको महत्व छ, छुट्टै पहिचान छ। देशको राजनीतिभन्दा माथि छ। देश–विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका व्यक्तित्वहरु यो संस्थामा हुनुहुन्छ । यसर्थ एनआरएनलाई नेपालको राजनीति, गुट, उपगुट बनाउन खोज्ने व्यक्तिहरु यो संस्थाको नेतृत्वमा आएर संस्थाको गरिमालाई खस्काउने काम गर्नु हुँदैन। सबैको साझा संस्था बनाउने नेतृत्व आजको आवश्यकता हो।

देश र विदेशलाई जोड्न सक्ने युवा र दोस्रो, तेस्रो पुस्तालाई एनआरएन बुझाउन सक्ने र विदेशमा सुखदुःखमा नेपालीकै साथमा रहन सक्ने सामाजिक व्यक्तित्वको आवश्यकता आजको एनआरएन अमेरिकामा रहेको छ। टुटेर, फुटेर हैन सबै एकजुट बनेर विदेशमा आफ्नो र आफ्नो राष्ट्रको पहिचान स्थापित गरौं, यसमा नै सम्पूर्ण नेपालीभाषी एनआरएनको भलो हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com