न्युयोर्कमा नोभेम्बरमा हराएकी महिलाको शव गाडीमा, जनवरीमा हराएका नेपाली विद्यार्थी भेटिएनन्


प्रकाशित मिति : फाल्गुन २७, २०७७ बिहीबार

न्युयोर्क सिटीमा नोभेम्बरमा हराएकी महिलाको शव गाडीको ट्रंकमा भेटिएको छ । क्वीन्समा नम्बर प्लेट नभएको टोयटा क्याम्रीको ट्रंकमा उनको शव भेटिएको थियो । उनी नोभेम्बरमा जन्मदिनको पार्टीपछि हराएकी २६ बर्षकी महिला भएको प्रहरीको विश्वास छ ।

फरेन्सिक परीक्षण गर्न भने बाँकी नै रहेपनि कपडाहरु नोभेम्बरमा हराएकी डेस्टीनी स्मुदरसँग मिलेको प्रहरीले जनाएको छ । उनको परिचयपत्र पनि उनीसँगै भेटिएको छ ।

दुईवटा बच्चाकी आमा रहेकी उनको खोजी तीब्र पारिएपनि फेला पार्न सकिएको थिएन । प्रहरीले महिलाको ब्याईफ्रेण्डको खोजी गरिरहेको छ भने कुराकानी गर्न खोजिरहेको छ । उनको हत्या कसले गरेको हो भन्नेबारे केही खुलेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

त्यस्तै न्युयोर्क सिटीबाटै हराएका नेपाली विद्यार्थी दुईमहिना पुग्न लाग्दा पनि अझै भेटिएका छैनन् । न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय शाहको बारेमा प्रहरीले मार्चको पहिलो साता केही थप विवरणहरु सार्वजनिक गरेको थियो । उनी जनवरी २० को विहान झण्डै ५ बजे ब्रुकलिन ब्रिजमा देखिएको विवरण सार्वजनिक भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रुकलिन ब्रिजमा सीसीटिभी फुटेजमा देखिएका अजय

त्यस क्षेत्रको सीसीटिभी फूटेज हेर्दा उनी ब्रिजमा ब्याकप्याकसहित एक्लै हिडेको देखिएको जनाइएको छ । यसअगाडि जनवरी १९ को राती १२ बजेतिर न्युजर्सीबाट न्युयोर्कको पेन स्टेशनमा आएको र न्युयोर्कको पेन स्टेशनबाट बाहिर निस्केको मात्र सीसीटिभी फुटेजमा देखिएको थियो । न्युयोर्कको पेन स्टेशनबाट निस्केर उनी कता लागे भन्नेबारे भने केही खुलेको थिएन ।

पेन स्टेशनबाट बाहिर निस्केपछि ब्रोडवे र बार्कलेमा देखिएका अजय

अजय शाहको नाम हराएका व्यक्तिको नेशनल डाटावेशमा समावेश गरिएको छ । तर उनीहरुबारे अन्य कुनै थप विवरण प्राप्त भएको छैन । न्युजर्सीको म्याडिसनमा रहेको ड्रिउ युनिभर्सिटीमा अध्ययनरत शाह म्याडिसनमै बस्दै आएका थिए ।

अजयको कोठामा गएर हेर्दा टेबुलमा आई लभ यु ममी लेखेको नोट भेटिएको थियो । तर उक्त नोटमा अरु केही नलेखिएको र रद्दीमा फ्याकिएको एउटा नोटमा उनले अब केही गर्ने बेला भएको व्यहोरा लेखेको अजयका दाजु शिव शाहले जानकारी दिए ।

अजयले सम्भवत उक्त दिन यो टोपी लगाएको देखिएको छ ।

उनले कम्प्युटरमा न्युयोर्कको फोर्ट वासिंटन पार्कका बारेमा सर्च गरेको र लोकेशन समेत हेरेको देखिएको थियो । यो पार्क एटलान्टिक ओसनसँग जोडिएको हडशन रिभरसँग जोडिएको छ ।

उनको बैंक डिटेलमा अन्तिमपटक न्युयोर्क आउनका लागि कार्डबाट टिकट किनेको देखिएको छ भने तयसपछि कुनै पनि ट्रान्जेक्सन नदेखिएको जनाइएको छ । जनवरी १९ पछि अजयको फोन पनि निस्कृय रहेको छ भने सामाजिक सञ्जाल लगायतमा समेत उनी अनलाइन देखिएका छैनन् ।

अजयले हराउनुभन्दा दुईदिन अगाडि आफूसँग सामान्य कुराकानी गरेको दाजु शिव शाहले जानकारी दिएका छन् । नेपालमा भने उनले दैनिकजसो नै आमासँग कुराकानी गर्दै आएको जनाईएको छ ।

न्युजर्सीको म्याडिसन प्रहरीले शाहको खोजी गरिरहेको छ । ५ फिट ६ इन्च उचाई भएका अजय शाहको कालो आँखा र कालो कपाल रहेको र तौल अन्दाजी १२५ पाउण्ड रहेको प्रहरीले जारी गरेको सुचनामा उल्लेख छ ।

एफबीआईएको राष्ट्रिय अपराध सुचना केन्द्रमा पनि उनी हराएकोबारे सुचनाहरु हालिसकिएको छ । अजय अध्ययनरत युनिभर्सिटीले पनि खोजिका लागि पहल गरिहेको छ ।

पुख्यौली घर सिराहा रहेको र हाल उनको परिवार कीर्तिपुरमा बस्दै आएको जनाइएको छ । जयले विगत साढे २ बर्षदेखि ड्रिउ युनिभर्सिटीमा अध्ययन गर्दै आएका थिए ।

ट्रेनबाट न्युयोर्क आउने क्रममा एकजना साथीसँग ट्रेनको बारेमा केही जानकारीहरु लिएको समेत खुलेको छ । तर उक्त सम्बादमा सामान्य जानकारी लिनेबाहेक अरु थप कुराकानी भएनभएको केही खुलेको छैन ।

दाजु शिव शाह अजयले गुगलमा सर्च गरेको फोर्ट वासिंटन पार्कदेखि न्युयोर्कमा विभिन्न स्थानमा पुगिसकेका छन् । तर पनि केही पत्तो लागेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com