पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधिस गार्ल्याण्डको नाम अमेरिकी कानूनमन्त्रीमा अनुमोदन
प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार
अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको एटोर्नी जनरलमा मेरिक गार्ल्याण्डको नाम सिनेटबाट अनुमोदन गरिएको छ । अमेरिकामा क्याबिनेट स्तरको यो पद कानूनमन्त्री सरह हो । उनले अब अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको नेतृत्व गर्नेछन् ।
सिनेटमा उनको पक्षमा ७० मत र विपक्षमा ३० मत खसेको छ । बाइडेनले कार्यभार सम्हालेको साढे २ महिना नाघिसक्दापनि महत्वपूर्ण मानिने डिपार्टमेन्ट अफ जस्टिसले नेतृत्व पाउन सकेको थिएन । ट्रम्पकालमा अध्यागमन अदालत लगायतका क्षेत्रमा नियम कडा बनाइएकोमा त्यसलाई नयाँ आकार दिने जिम्मा अब गार्ल्याण्डको काँधमा आएको छ ।

गार्ल्याण्ड सन् २०१३ देखि सन् २०२० सम्म वासिंटन डिसीमा रहेको संघीय पुनरावेदन अदालत मुख्य न्यायाधिस रहेका थिए । उनी पुनरावेदन अदालतमा सन् १९९७ देखि न्यायाधिसका रुपमा रहदै आएका थिए ।
सर्वोच्च अदालतको न्यायाधिसमा बराक ओबामाले उनलाई आफ्नो कार्यकालको अन्तिम समयमा नोमिनेट गरेपनि रिपब्लिकनले नयाँ राष्ट्रपतिले नियुक्ती गनुपर्ने भन्दै गार्ल्याण्डको नोमिनेशन अस्वीकार गरेका थिए ।






