राहत चेक समेटिएको बिल प्रतिनिधिसभाबाट पनि पारित, अब राष्ट्रपतिले हस्ताक्षर गर्ने


प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पनि पारित भएको छ । बिलका पक्षमा २२० र विपक्षमा २११ मत खसेको छ । एकजना डेमोक्रेटिक सांसदले बिलको विपक्षमा मतदान गरे भने एकजना रिपब्लिकन सांसदले मतदान गरेनन् । शनिबार सिनेटबाट पारित भएको प्याकेज आज प्रतिनिधिसभाबाट पारित भएपछि अब यसमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्नमात्र बाँकी रहेको छ ।

यो प्याकेज सिनेटबाट संसोधनसहित पारित भएकाले पुन प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने अवस्था आएको हो । अब यो प्याकेज बाइडेन प्रशासनले प्रतिज्ञा गरेको अनुशारको पहिलो विधायिका जीत भएको छ । बजेट प्रकृयाबाट पारित गरिएकाले प्याकेज पारित गर्नका लागि रिपब्लिकन सांसदको सहयोग आवश्यक परेन ।

प्याकेजमा बाइडेनले यसैसाता हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । त्यसपछि अधिकांशले मार्चभित्रै तेश्रो चरणको राहत चेक प्राप्त गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राहत प्याकेजमा १४ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय सय डलर सेप्टेम्बर ६ सम्म प्रदान गर्ने उल्लेख छ । त्यस्तै १ लाख ५० हजारभन्दा कम आम्दानी हुने परिवारको हकमा सुरुको १० हजार २ सय सम्मको सुविधा रकममा ट्याक्स नलाग्ने प्रावधान पारित भएको छ ।

राहत चेकको योग्यतामा परिवर्तन गरिएकाले ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्नेछन् । तर ८० हजारभन्दा बढी आम्दानी हुनेहरुले पनि राहत चेकको कुनै पनि अंश प्राप्त नगर्नेगरी सहमति कायम भएको छ । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउनेछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउनेछैनन् ।

घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउनेछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउनेछैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com