भीम रावललाई ओलीको जवाफ–प्रधानमन्त्री कुन पार्टी हो भन्ने थाहा पाउन सर्वोच्च जाऊ


प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार

प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर थाहा पाउन सर्वोच्चमा जान आग्रह गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीका हुन् भनेर गरेको प्रश्नको जवाफ ओलीले सोमबार दिएका हुन्।

अन्तर्राष्ट्रिय महिला दिवसमा अवसरमा काठमाडौैंमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने–केही मानिस छन्, अर्थोक केही देख्दैनन्, अर्जुनले माछो देखेजस्तै पदसत्तामात्रै देख्छन्, उनीहरुले प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिरहेका छन्, मैले उहाँहरुलाई सोध्नुनपरोस्, तपाईं कुन पार्टीको हो भनेर?’

उनले प्रचण्ड–माधव पक्षले आफूलाई साधारण सदस्यबाटै निकालेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘अदालतले भन्यो म कुन पार्टीको भनेर, कुन पार्टीको सदस्य भनेर, अदालतको भनेको पनि नसुन्ने? देख्नै नसक्ने, देख्नै नखोज्ने भएपछि आँखा भएर पनि के गर्ने ? सुन्नै नखोजेपछि कान भएर पनि के गर्ने ?’

ओलीले भने, ‘हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्ने ? सर्वोच्चमा जाऊ कुन पार्टीको हो भनेर’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रावलले आइतबार प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘यदि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) होइन भने अहिलेका वर्तमान प्रधानमन्त्रीजी कुन पार्टीको हो? त्यो कुरा पहिले भन्नुपर्‍यो यहाँ, अध्यादेश ल्याउनुभन्दा अगाडि। प्रधानमन्त्रीले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छरु सरकारको तर्फबाट आउने कुनै पनि निर्णय, कुनै पनि अध्यादेश कुन सरकारको हो भन्ने कुरा पहिले स्पष्ट हुनुपर्‍यो यहाँ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com