आईआरएसलाई ट्याक्स वापतको रकम तिर्न बाँकी हुनेलाई राहत चेक नआउने


प्रकाशित मिति : फाल्गुन २३, २०७७ आईतबार

विद्यमान नियम परिवर्तन नभएको खण्डमा आईआरएसलाई ट्याक्स वापतको रकम तिर्न बाँकी हुनेलाई राहत चेक बापतको रकम नआउने भएको छ । झण्डै ८० लाख व्यक्तिहरुले आईआरएससँग सही सुचना नभएका कारण पहिलो र दोश्रो चरणको राहत चेक पाएका थिएनन्, अब उनीहरुले २०२० को ट्याक्स फाइल गर्दा आईआरएसलाई ट्याक्स वा अन्य कुनै प्रकारको रकम तिर्न बाँकी रहेमा उनीहरुले विगतको राहत चेकको रकम पाउनमा समस्या हुने जनाइएको छ ।

आईआरएसलाई ट्याक्स वा कुनै रकम तिर्न बाँकी रहेका तर आम्दानीको मापदण्ड पूरा गरेकाहरुलाई समेत राहत चेक प्राप्त हुने आशय संसदको रहेको थियो । तर ट्याक्स फाइल गरेर राहत चेक दावी गर्ने क्रममा भने अवस्था जटिल बनेको छ । पहिले नै रकम पाइसकेकाहरुलाई कुनै समस्या नहुने भएतापनि २०२० को ट्याक्स फाइल गर्दा रिकभरी रिबेट क्रेडिट दावी गर्नेहरुलाई भने लुपहोलका कारण समस्या हुनसक्ने देखिएको छ ।

उनीहरुलाई विगतका राहत चेकको रकममात्र होइन, छिट्टै आउने अपेक्षा गरिएको तेश्रो चरणको राहत चेक पाउनमा समेत समस्या हुनसक्नेछ । यद्यपी आर्थिक समस्याको सामना गरिरहेकाहरुले अफसेट बाइपास रिफण्ड प्रकृया अपनाएर वेभरको अनुरोध गरेमा उनीहरुले विगतमा रकम तिर्न बाँकी रहेको भएतापनि पूर्णरुपमा ट्याक्स रिफण्ड पाउनसक्ने जनाइएको छ ।

तेश्रो चरणको राहत चेक मार्चभित्रै

योग्य अमेरिकनहरुले यसै महिना तेश्रो चरणको राहत चेक प्राप्त गर्न सुरु गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । शनिबार दिउसो आयोजित पत्रकार सम्मेलनमा सहयोगको सख्त आवश्यकता भएका अमेरिकनले यसै महिनादेखि १४ सय डलरको राहत चेक पाउन सुरु गर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभाजित सिनेटले अत्यन्तै झिनो मतान्तरले राहत प्याकेज पारित गरे लगत्तै बाइडेनले यसबारेमा सम्बोधन गरेका हुन् । रातभरको प्रकृयापछि शनिबार ५० मतले राहत प्याकेज पारित भएको थियो । प्याकेजको विपक्षमा ४९ मत खसेको थियो । एकजना रिपब्लिकन सिनेटर पारिवारिक दाहसंस्कारमा सहभागी हुनुपरेकाले मतदानमा उपस्थीत हुन सकेनन् ।

आफूले ४५ दिन अगाडि राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दा सहयोग आउने क्रममा रहेको प्रतिज्ञा गरेको र उक्त प्रतिज्ञा पूरा गर्न आज सबैभन्दा महत्वपूर्ण कदम चालिएको बाइडेनले बताए । बाइडेनले समर्थन गरेको १ दशमलव ९ ट्रिलियन डलरको बिल अब प्रतिनिधिसभाबाट पुन पारित गरेपछि बाइडेनले मार्च १४ अगाडि नै हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

राहत प्याकेजमा १४ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय सय डलर सेप्टेम्बर ६ सम्म प्रदान गर्ने उल्लेख छ । त्यस्तै १ लाख ५० हजारभन्दा कम आम्दानी हुने परिवारको हकमा सुरुको १० हजार २ सय सम्मको सुविधा रकममा ट्याक्स नलाग्ने प्रावधान पारित भएको छ ।

बिल बजेट प्रकृयाबाट पारित गरिएकाले रिपब्लिकन सिनेटरहरुको समर्थन आवश्यक परेन । तर रातभर ‘भोट अ रामा’ को प्रकृया अपनाउनु परेको थियो ।

राहत चेकको योग्यतामा परिवर्तन गरिएकाले ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्नेछन् । तर ८० हजारभन्दा बढी आम्दानी हुनेहरुले पनि राहत चेकको कुनै पनि अंश प्राप्त नगर्नेगरी सहमति कायम भएको छ । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउनेछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउनेछैनन् ।

घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउनेछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउनेछैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com