ज्याक्सनहाइटमा नेपालीका विजनेशहरु भएको क्षेत्रमा आगलागी, आधादर्जन अग्नीनियन्त्रक घाइते


प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार

न्युयोर्कको ज्याक्सनहाइट ७४ स्ट्रीटमा नेपालीका झण्डै आधादर्जन विजनेशहरु भएको क्षेत्रमा भीषण आगलागी भएको छ । गएराती ११ बजेपछि भएको आगलागी नियन्त्रणका क्रममा आधादर्जन बढी अग्नीनियन्त्रक घाइते भएका छन् ।

डाइभइर्सिटी प्लाजासँगै जोडिएका ७४ स्ट्रीटको ३७५४ भवनमा आगलागी सुरु भएको हो । बेसमेन्टबाट आगलागी सुरु भएको र त्यसपछि माथिल्लो तलामा रहेका कैयन विजनेशहरुमा आगलागी फैलिएको जनाइएको छ । आगलागीको समयमा स्टोरहरु भने बन्द रहेकाले अन्य मानवीय क्षति भने हुन नपाएको जनाइएको छ ।

विहान ४ बजेमात्र आगलागी नियन्त्रणमा आएपनि त्यस क्षेत्रमा रहेका अन्य विजनेशहरु पनि आज खोल्न दिइएको छैन । नजिकै रहेको आफ्नो विजनेश पनि आज खोल्न नदिइएको र भवनमा प्रवेश गर्न रोक लगाइएको आगलागी भएको भवनको अगाडि पासाङ स्ट्राइकिङ संचालन गरिरहेको हेयरस्टाइलिष्ट पासाङ शेर्पाले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगलागी भएको भवनसँग जोडिएका नेपालीका मनी ट्रान्सफर, फोन पसल र रेष्टुरेण्ट समेत प्रभावित भएको जनाइएको छ । आगलागी प्रिन्स कबाब एण्ड चाइनिज रेष्टुरेण्टको बेसमेन्टबाट सुरु भएको जनाइएको छ । त्यसपछि आगो अगाडिपट्टी रहेका कम्तीमा ५ वटा विजनेशहरुमा फैलिएको जनाइएको छ ।

आगलागी भएको रेष्टुरेण्टको छेउमा न्यु मेनका सेलुन, टि मोबाइलको स्टोर, रोज सेलुन, अर्मान ब्राइडल, क्यारेट २२ लगायतको गहना पसल रहेका छन् । गहना पसलसँग नेपालीका विजनेशहरु जोडिएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com