न्युयोर्क म्यानहटनमा रेष्टुरेण्टको आउटडोर सेटअपमा गाडी जोतियो, ८ जना घाइते (भिडियो)


प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार

न्युयोर्कको म्यानहटनमा एउटा रेष्टुरेण्टको आउटडोर सेटअपमा गाडी जोतिंदा ८ जना घाइते भएका छन्, २ जना बालक समेत छन् । एउटा भ्यानले शुक्रबार विहान नियन्त्रण गुमाएपछि रेष्टुरेण्टको आउटडोर डाइनिङमा ठोक्किएको थियो ।

सेकेण्ड एभिन्यु र इस्ट ५० स्ट्रीट नजिक दुर्घटना भएको हो । घाइते दुईजना बालकका एकजना ५ र अर्को ७ बर्षको रहेको जनाइएको छ । ९४५ सेकेण्ड एभिन्युमा रहेको क्रेभ फिसबार नामको रेष्टुरेण्टको आउडोर सेटअपमा दुर्घटना भएको हो ।

रेष्टुरेण्टको आउटडोर सेटअपमा कोही व्यक्ति नरहेपनि उछिट्एिका टुक्राहरुले ती दुई बालकहरुलाई लागेको र घाइते भएको प्रहरीले जनाएको छ । इस्ट ५० स्ट्रीटबाट जोतिन सुरु गरेको भ्यान फलफुल स्ट्याण्ड र स्काफोल्डमा ठोकिदै ४९ स्ट्रीटमा आएर रोकिएको थियो ।

चालकको स्वास्थ्य समस्या रहेको जनाइएको छ । चालकबिरुद्ध प्रहरीले कुनै मुद्दा नचलाउने जनाइएको छ । घाइतेहरुलाई बेलिभ्यु अस्पतालमा लगिएको जनाइएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

घाइतेमध्ये एकजनाको हड्डी टुटेको जनाइएको छ । घाइते दुई बालकलाई भने उडेको टुक्राले छालामा लछारेको जनाइएको छ । दुर्घटना भएको बेलामा रेष्टुरेण्ट बन्द रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com