राहत प्याकेजः काम गुमाएकाले पाउने अतिरिक्त साप्ताहिक रकम घटाइयो, १० हजार २ सयसम्म ट्याक्स नलाग्ने


प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा सिनेटमा अन्तिम पुनरावलोकन भएको छ । जस अनुशार बेरोजगारी विमाका अतिरिक्त प्राप्त गर्ने साप्ताहिक रकम घटाइने भएको छ ।

हाउसबाट पारित बिलमा बेरोजगारी विमाका अतिरिक्त प्राप्त गर्ने साप्ताहिक रकम ४ सय रहेकोमा त्यसलाई घटाएर ३ सय बनाइएको छ । तर बिलको सुरुको भर्सनमा अगस्तको अन्तिमसम्ममात्र अतिरिक्त रकम दिने उल्लेख भएकोमा त्यसलाई एकमहिना बढाएर सेप्टेम्बरभर रकम दिने बनाइएको छ ।

यो रकम काम गुमाएर नियमित बेरोजगारी बिमा वा महामारी बेरोजगारी सहायता दुबै प्राप्त गरिरहेकाहरुले पाउनेछन् । त्यस्तै सुरुको १० हजार २ सय सम्मको सुविधा रकममा ट्याक्स नलाग्ने समेत प्रावधान समावेश गरिएको छ । हाउसबाट पारित बिलमा ट्याक्सको प्रावधान समावेश नभएपनि यसलाई सिनेटमा संसोधन गरिएको हो ।

बिलबारे अन्तिम मतदान हुनु अगाडि श्रृंखलाबद्ध संसोधन प्रस्तावहरुमा शुक्रबार दिउसोसम्म मतदान भएको थियो । हाउसबाट पारित बिल सिनेटमा संसोधन गरिएकाले उक्त बिल राष्ट्रपति बाइडेनको टेबुलसम्म पुग्दा संसदमा थप कामहरु गर्नुपर्ने भएको छ । बिल मार्च १४ सम्म राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१४ सय डलरको राहत चेक समेटिएको राहत प्याकेजमा सिनेटमा बिहिबारदेखि नै बहस सुरु भएको हो । बहस सुरु गर्नका लागि बिहिबार भएको मतदानमा बहस सुरु गर्ने पक्षमा ५१ र विपक्षमा ५० मत खसेको थियो ।

सबै रिपब्लिकन सिनेटरहरुले विपक्षमा र सबै डेमोक्रेटिक सिनेटरले पक्षमा मतदान गरेका थिए । उपराष्ट्रपति कमला ह्यारिसले टाइब्रेक गरेपछि ५१ मत प्राप्त भएकाले प्याकेजबारे बहस सुरु भएको हो । प्रतिनिधिसभाबाट पारित प्याकेजमा राहत चेकका योग्यताबारे केही संसोधन गरेलगत्तै सिनेटमा बहस सुरु भएको हो ।

यसै सप्ताहन्तमा सिनेटबाट प्याकेज पारित हुने अपेक्षा गरिएको छ । रिपब्लिकन सिनेटर रोन जोन्सनले पूरै ६२८ पेजको बिल सिनेटको फ्लोरमा पढ्न बाध्य पारेपछि प्रकृया केही ढिलो भएको थियो । अब सिनेटमा बहस र सुधारमा मतदानपछिमात्र बिल पारित हुने अपेक्षा गरिएको छ ।

बिल पारित गर्नका लागि रिपब्लिकन सिनेटरहरुको समर्थन आवश्यक छैन । किनभने डेमोक्र्याट्सहरुले ६० फिलिबस्टर नचाहिने र सामान्य बहुमतबाटमात्र बिल पारित गर्नसकिने गरी बजेट प्रकृयामार्फत बिललाई अगाडि बढाएका छन् ।

राहत चेकको योग्यतामा गरिएको परिवर्तन अनुशार ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्नेछन् । तर ८० हजारभन्दा बढी आम्दानी हुनेहरुले पनि राहत चेकको कुनै पनि अंश प्राप्त नगर्नेगरी सहमति कायम भएको छ । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउनेछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउनेछैनन् ।

घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउनेछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउनेछैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिने भएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com