राहत चेक समेटिएको १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेजमा सिनेटमा बहस सुरु


प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार

१४ सय डलरको राहत चेक समेटिएको १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेजमा सिनेटमा बहस सुरु भएको छ । बहस सुरु गर्नका लागि बिहिबार भएको मतदानमा बहस सुरु गर्ने पक्षमा ५१ र विपक्षमा ५० मत खसेको थियो ।

सबै रिपब्लिकन सिनेटरहरुले विपक्षमा र सबै डेमोक्रेटिक सिनेटरले पक्षमा मतदान गरेका थिए । उपराष्ट्रपति कमला ह्यारिसले टाइब्रेक गरेपछि ५१ मत प्राप्त भएकाले प्याकेजबारे बहस सुरु भएको हो । प्रतिनिधिसभाबाट पारित प्याकेजमा राहत चेकका योग्यताबारे केही संसोधन गरेलगत्तै सिनेटमा बहस सुरु भएको हो ।

यसै सप्ताहन्तमा सिनेटबाट प्याकेज पारित हुने अपेक्षा गरिएको छ । रिपब्लिकन सिनेटर रोन जोन्सनले पूरै ६२८ पेजको बिल सिनेटको फ्लोरमा पढ्न बाध्य पारेपछि प्रकृया केही ढिलो भएको छ । अब सिनेटमा बहस र सुधारमा मतदानपछिमात्र बिल पारित हुने अपेक्षा गरिएको छ ।

बिल पारित गर्नका लागि रिपब्लिकन सिनेटरहरुको समर्थन आवश्यक छैन । किनभने डेमोक्र्याट्सहरुले ६० फिलिबस्टर नचाहिने र सामान्य बहुमतबाटमात्र बिल पारित गर्नसकिने गरी बजेट प्रकृयामार्फत बिललाई अगाडि बढाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राहत चेकको योग्यतामा गरिएको परिवर्तन अनुशार ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले राहत चेकको पूर्ण अंश प्राप्त गर्नेछन् । तर ८० हजारभन्दा बढी आम्दानी हुनेहरुले पनि राहत चेकको कुनै पनि अंश प्राप्त नगर्नेगरी सहमति कायम भएको छ । त्यस्तै दम्पत्तिको सन्दर्भमा १ लाख ५० हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै राहत चेक पाउनेछन् तर १ लाख ६० हजारभन्दा धेरै आम्दानी हुनेहरुले चेकको कुनै पनि अंश पाउनेछैनन् ।

घरमूलीका सन्दर्भमा १ लाख १२ हजारभन्दा कम आम्दानी हुनेहरुले पूरै १४ सय पाउनेछन् तर १ लाख २० हजारभन्दा बढी आम्दानी हुनेहरुले कुनै रकम पाउनेछैनन् । थ्रेसहोल्ड भन्दा बढी आम्दानी हुनेहरुले पाउने राहत चेकको रकम घट्दै जाने हिसाबका लागि पनि नयाँ बिधिको प्रयोग गरिने भएको छ ।

काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय डलर प्रदान गर्ने विषय भने सिनेटमा पनि कायम नै रहने भएको छ । शनिबार विहानै प्रतिनिधिसभाबाट पारित भएको राहत प्याकेज सिनेटमा केही संसोधनसहित आउने भएको हो । रिपब्लिकनको समर्थन नपाएको यो बिल सिनेटमा पनि बजेट प्रकृयाबाट रिपब्लिकनको सहमति विना नै पारित हुने देखिएको छ ।

हरेक डिपेन्डेन्टले १४ सय डलरको राहत चेक पाउने विषयमा पनि सहमतिको प्रभाव पर्ने बताइएको छ । यो बिल राष्ट्रपतिको टेबुलमा भने मार्च १४ अगाडि नै पुग्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com