क्यालिफोर्नियामा भयानक दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार

क्यालिफोर्नियामा २७ जना चढेको एउटा एसयुभी दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । इम्पेरियल काउन्टीमा मंगलबार विहान उक्त एसयुभी एउटा गिट्टी बोकेको ट्रकसँग ठोकिएको थियो ।

दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा भर्ना गरिएको अन्य घाइतेहरुको अवस्था पनि गम्भिर रहेको जनाइएको छ ।

घटनास्थल एल सेन्ट्रोबाट १० माइल पूर्व र मेक्सिकोको सिमाबाट १० माइल उत्तरमा रहेको जनाइएको छ । घाइतेमध्ये ७ जनालाई एल सेन्ट्रो अस्पतालमा लगिएको छ भने २ जनालाई पायोनियर अस्पताल लगिएको छ । ३ जनालाई एयर एम्बुलेन्सबाट अस्पताल लगिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छै्रन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना स्थानीय समय अनुशार विहान सबा ६ बजे भएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com