संक्रमण र मुटु रोगको उपचारका लागि बेलायती राजकुमार फिलिपलाई सारियो अर्को अस्पताल


प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार

बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ ।

बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरुले जनाएका छन् ।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचारलाई अगाडि बढाएका छन्,” एक अधिकारीले भने । उहाँको मुटुमा संक्रमण  देखिएको बताइएको छ ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्धितीय भने अहिले ९४ बर्ष पुगेकी छन्  ।

उनीहरू दुवै जनाले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com