फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचारमा दोषी, तीनबर्षको जेल सजाय


प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार

फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचारमा दोषी ठहर भएका छन् । उनलाई त्यहाँको अदालतले सोमबार भ्रष्टाचार र गैर कानुनी धन्धा गरेको अभियोग पुष्टी गर्दै तीनबर्षको जेल सजाय सुनाएको हो ।

सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति भएका सन् २०१४ मा सार्कोजीले उनीबिरुद्ध चलिरहेको एउटा आर्थिक हिनामिनाबारेको अनुसन्धानका क्रममा न्यायाधिसबाट सुचनाहरु गैरकानूनी रुपमा प्राप्त गर्न प्रयास गरेकोमा दोषी ठहरिएका छन् ।

सार्कोजीलाई जेल सजाय सुनाइएको भएतापनि उनी जेलभित्रै भने बस्नु नपर्ने भएको छ । उनी घरमै बसेर जीपीएससहितको विद्युतीय ब्रासलेट लगाएर यो सजाय पूरा गर्न सक्ने भएका छन् । फ्रान्सको आधुनिक इतिहासमा जेल सजाय पाउने ६६ बर्षका सार्कोजी पहिलो व्यक्ति हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेरिसका अभियोजनकर्ताहरुले सार्कोजीलाई २ बर्ष जेल सजायको माग गरेका थिए । लामो अनुसन्धानपछि गतबर्षको अन्तिममा सार्कोजीबिरुद्ध अदालती परीक्षण सुरु भएको थियो । सोमबार न्यायाधिसले भरिभराउ अदालतको कक्षमा सार्कोजीबिरुद्धको सजाय सुनाएका हुन् ।

सार्कोजीबिरुद्धका अन्य अभियोगहरु पनि रहेका छन् । सन् २०१२ को असफल चुनावी अभियानका क्रममा आर्थिक हिनामिना गरेको अभियोगमा उनलाई अर्कोपटक पनि अदालतमा उभ्याइने भएको छ । त्यस्तै अर्को मुद्दामा उनले लिबियाबाट गैरकानूनी रुपमा चुनावका लागि रकम प्राप्त गरेको अभियोग छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com