भारतीय प्रधानमन्त्री मोदीले लगाए भारतमै बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’


प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाएको जनाइएको छ ।

मोदीले भारतमै उत्पादित कोरोनाबिरुद्धको कोभ्याक्सिनको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी भारत वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् – ‘योग्यहरु सबैलाई भ्याक्सिन लिनका लागि अनुरोध गर्दछु ।एकसाथ भारतलाई कोभिड १९ मुक्त बनाऔं । ’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड -१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।

यो भ्याक्सिनलाई जनवरीको पहिलो साता परीक्षण पूरा नहुँदै नै भारतमा आपतकालिन प्रयोगको अनुमति दिइएको थियो । यो भ्याक्सिन २८ दिनको अन्तरमा दुई डोज दिनुपर्छ । साथै यो भ्याक्सिन सामान्य फ्रिजको तापक्रममा भण्डारण गर्न सकिन्छ ।

यो भ्याक्सिनको तेश्रो चरणको परीक्षण २८ हजार ८ सयमा गरिएको थियो । तर परीक्षणको सम्पूर्ण तथ्यांक भने अझै सार्वजनिक गरिएको छैन । यो भ्याक्सिन शतप्रतिशत सुरक्षित रहेको दावी गरिएको छ तर कति प्रतिशत प्रभावकारी रहेको छ भन्ने स्पष्ट छैन ।

भारतको भोपालमा रहेको झोपडपट्टीमा झुक्याएर यो भ्याक्सिनको क्लीनिकल परीक्षण गरिएको खुलासा भएको थियो । आफूहरुले पनि परीक्षणबाट सफल भइ प्रयोगका लागि अनुमति पाइसकेको भ्याक्सिन लगाएको ठानेका सर्वसाधारणले क्लीनिकल परीक्षणको तेश्रो चरणको भ्याक्सिन पाएका थिए ।

कोरोनाबिरुद्धको भ्याक्सिन लगाए ७५० रुपैया पाइने भन्दै विज्ञापन गरेर उनीहरुलाई झुक्याएर भ्याक्सिनको परीक्षण गरिएको रिपोर्ट सुरुमा सीएनएनले प्रकाशित गरेको थियो । भ्याक्सिन लगाउनेहरुले आफूले नियमित भ्याक्सिन लगाएवापत नै रकम पाएको ठानेका थिए, तर उनीहरुमाथि परीक्षण भइरहेको थियो ।

भारत बायोएनटेकले जनवरीको अन्तिमसम्म कोभ्याक्सिनको २० मिलियन डोज भण्डारण गरिसकेको छ भने सन् २०२१ को अन्तिमसम्म ७ सय मिलियनसम्म डोज बनाउन लागिरहेको छ ।

झुक्याएर भ्याक्सिन लगाइएका अधिकांश भोपालको शंकरनगर निवासी रहेको जनाइएको छ । जुन सन् १९८४ मा भएको औद्योगिक विनाशभएको नजिकै हो । उक्त विनाशका क्रममा झण्डै ५ लाखजना विषालु ग्यासको संसर्गमा आएका थिए । जसका कारण अझैपनि त्यसक्षेत्रका कैयन व्यक्तिमा स्वास्थ्य समस्या रहेको छ ।

सीएनएनले झुक्याएर भ्याक्सिन लगाइएका २१ जनाभन्दा धेरैको अन्तरवार्ता लिएको थियो । जसमा उनीहरुले ७५० रुपैया पाइने आशामा भ्याक्सिन लगाएको र परीक्षण गरिएको थाहा नपाएको बताएका छन् ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com