ट्रम्पले नयाँ पार्टी नखोल्ने, २०२४ मा उम्मेदबारी दिने संकेत


प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीतिक पार्टी खोल्ने कुनै योजना नभएको बताएका छन् । ह्वाइट हाउस छाडेपछिको पहिलो सार्वजनिक सम्बोधनका क्रममा ट्रम्पले नयाँ पार्टी खोल्दा भोट बाँडिने भन्दै नयाँ पार्टी नखोल्ने स्पष्ट पारेका हुन् ।

सम्बोधनका क्रममा उनले २०२४ को राष्ट्रपति चुनावमा समेत उम्मेदबारी दिने संकेत गरे । ट्रम्पले बाइडेनको चर्को आलोचना गर्दै अमेरिकाको पहिलोको नीति अमेरिका अन्तिम बनाइएको बताए । ट्रम्पलाई महाभियोग परीक्षणमा सिनेटबाट उन्मुक्ति दिएको केही सातापछि आज ट्रम्पको सम्बोधन आएको हो ।

आइतबार ओल्र्याण्डोमा कन्जरभेटिभ पोलिटिकल कन्फ्रेन्स एक्सनमा उनको सम्बोधनले रिपब्लिकन पार्टीमा उनले आफ्नो प्रभाव कायमै राख्ने देखिएको छ । बिहिबार सुरु भएको उक्त सम्मेलन ट्रम्प परस्तहरुको सम्मेलन हो । ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर र टेक्सासका सिनेटर टेड क्रुज पनि कार्यक्रममा बक्ता रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हायात होटलमा तोकिएको समयभन्दा एकघण्टा ढिलो उपस्थीत भएका ट्रम्पलाई उनका समर्थकहरुले स्वागत गरेका थिए । उक्त भींडमा उपस्थीत अधिकांशले मास्क समेत लगाएका थिएनन् ।

सम्बोधनका क्रममा ट्रम्पले चुनावमा धाँधली भएकाले आफूले हारेको बताउन भने छाडेनन् । ट्वीटरमार्फत गलत प्रचारवाजी गरेका कारण ट्रम्पलाई ट्वीटरले लगाएको प्रतिबन्ध भने अझै कायमै छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com