न्युयोर्कमा भेटिइन् मध्यरातपछि सडकमा एक्लै हिड्दै गरेकी ४ बर्षकी बालिका, बाबुआमा खोज्दै प्रहरी


प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार

न्युयोर्क सिटीको ब्रोंक्समा मध्यरातपछि सडकमा एक्लै हिड्दै गरेकी ४ बर्षकी बालिका भेटिएकी छिन् । अहिले प्रहरीले उनका बाबुआमाको खोजी गरिहेको छ ।

बलिकाले आफ्नो नाम सिदाया बताएकी छिन् । उनी प्रोस्पेक्ट पार्क र इस्ट १५६ स्ट्रीट, लङउडमा मध्यरात लगत्तै शनिबार विहान हिड्दै गरेको भेटिएकी थिइन् । एउटा सीसी टिभी फुटेजमा ती बालिका १० मिनेट पहिले लेगोट एभिन्युमा एकजना बयस्कसँग हिडेको समेत देखिएकी थिइन् ।

ती बालिकाले निलो स्वेटर र निलो ट्राउजर लगाएकी छिन् साथै पानीमा लगाउने बुट समेत लगाएकी छिन् । भिडियोमा देखिएकी बयस्क भने २० देखि ३० बर्षकी रहेको जनाइएको छ ।

ती बालिकालाई अहिले बाल सेवा प्रशासनको हेरचाहमा राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com