एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन भ्याक्सिनलाई अमेरिकामा प्रयोगको अनुमति


प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार

एक डोज लगाए पुग्ने कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनबाट अमेरिकामा प्रयोगका लागि अनुमति दिइएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले शनिबार यो भ्याक्सिनलाई अमेरिकामा प्रयोगका लागि आपतकालिन अनुमति प्रदान गरेको हो ।

यो अब अमेरिकामा उपलब्ध एकडोज लगाएमात्र पुग्ने पहिलो भ्याक्सिन भएको छ भने अमेरिकामा उपलब्ध कोरोनाबिरुद्धको तेश्रो भ्याक्सिन बनेको छ । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन विभाग जान्सेनले बनाएको यो भ्याक्सिन सुरक्षित र प्रभावकारीमात्र नभई भण्डारण गर्न र लगाउन समेत सहज रहेको छ । भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन स्वीकृत गरिएको छ ।

जनाएको छ । बुधबार सार्वजनिक गरेको रिभ्यु अनुशार यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको तथा अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्न पूर्णरुपमा सफल भएको निष्कर्ष निकालिएको छ ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएको ४ हप्तापछि कोरोनाबाट बिरामी हुनबाट रोक्न समग्रमा झण्डै ६६ प्रतिशत प्रभावकारी देखिएको छ । सिकिस्त बिरामी हुनबाट रोक्न भने ८६ प्रतिशत प्रभावकारी रहेको छ । अमेरिकामा समग्र प्रभावकारिता ७२ प्रतिशत मापन गरिएको छ । मोडेर्ना र फाइजरका भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब जोन्सन एण्ड जोन्सनले आगामी सातादेखि नै २ मिलियन डोज डेलिभर गर्नेछ भने २० मिलियन डोज भ्याक्सिन मार्चमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

अमेरिकामा अब मार्चभरमा २४० मिलियन डोज भ्याक्सिन डेलिभर हुने भएको छ । जुन अमेरिकाको झण्डै ४० प्रतिशत जनसंख्यालाई लगाउन प्रयाप्त हुनेछ । अमेरिकामा अहिलेसम्म कुल बयस्कमध्ये २० प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् ।

फाइजर र मोडेर्नाले मार्चको अन्तिमसम्म कुल २२० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकामा चौथो कोरोनाबिरुद्धको भ्याक्सिन आष्ट्राजेनेका अप्रिलमा उपलब्ध हुने अपेक्षा गरिएको छ । स्वीकृति पाउनासाथ ३० मिलियन डोज र अप्रिलको अन्तिमसम्म ५० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने आष्ट्राजेनेकाले जनाएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com