भारतको झोपडपट्टीमा झुक्याएर कोभ्याक्सिन परीक्षण गरिएको खुलासा


प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार

भारतको भोपालमा रहेको झोपडपट्टीमा झुक्याएर कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिनको क्लीनिकल परीक्षण गरिएको खुलासा भएको छ । आफूहरुले पनि परीक्षणबाट सफल भइ प्रयोगका लागि अनुमति पाइसकेको भ्याक्सिन लगाएको ठानेका सर्वसाधारणले क्लीनिकल परीक्षणको तेश्रो चरणको भ्याक्सिन पाएको जनाइएको छ ।

कोरोनाबिरुद्धको भ्याक्सिन लगाए ७५० रुपैया पाइने भन्दै विज्ञापन गरेर उनीहरुलाई झुक्याएर भ्याक्सिनको परीक्षण गरिएको रिपोर्ट सुरुमा सीएनएनले प्रकाशित गरेको छ । भ्याक्सिन लगाउनेहरुले आफूले नियमित भ्याक्सिन लगाएवापत नै रकम पाएको ठानेका थिए, तर उनीहरुमाथि परीक्षण भइरहेको थियो ।

कोभ्याक्सिन पूर्णत भारतीय स्वामित्वको पहिलो कोरोनाबिरुद्धको भ्याक्सिन हो । यो भ्याक्सिन पूर्ण प्रयोगका लागि अझै स्वीकृत भइसकेको छैन भने आपतकालिन प्रयोगका लागि पनि कैयन प्रतिबन्धहरुसहित स्वीकृत छ । भारत बायोएनटेकले जनवरीको अन्तिमसम्म कोभ्याक्सिनको २० मिलियन डोज भण्डारण गरिसकेको छ भने सन् २०२१ को अन्तिमसम्म ७ सय मिलियनसम्म डोज बनाउन लागिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झुक्याएर भ्याक्सिन लगाइएका अधिकांश भोपालको शंकरनगर निवासी रहेको जनाइएको छ । जुन सन् १९८४ मा भएको औद्योगिक विनाशभएको नजिकै हो । उक्त विनाशका क्रममा झण्डै ५ लाखजना विषालु ग्यासको संसर्गमा आएका थिए । जसका कारण अझैपनि त्यसक्षेत्रका कैयन व्यक्तिमा स्वास्थ्य समस्या रहेको छ ।

सीएनएनले झुक्याएर भ्याक्सिन लगाइएका २१ जनाभन्दा धेरैको अन्तरवार्ता लिएको थियो । जसमा उनीहरुले ७५० रुपैया पाइने आशामा भ्याक्सिन लगाएको र परीक्षण गरिएको थाहा नपाएको बताएका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com