बाइडेनको कार्यकारी आदेशपछि अमेरिकी दूतावास काठमाडौंबाट भिसाबारे जानकारी अपडेट


प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार

बाइडेनको कार्यकारी आदेशपछि अमेरिकी दूतावास काठमाडौंले भिसाबारे जानकारी अपडेट गरेको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आप्रवासनमा रोक राष्ट्रपति जो बाइडेनले खारेज गरेको उल्लेख गर्दै नियमित भिसा सेवा सुचारु गर्नका लागि आफूहरुले काम गरिरहेको जनाएको छ ।

हामीले अब २०२१ का डिभी विजेता र अन्यको रोकिएको आप्रवासी भिसा कसरी प्रकृयामा लगिनेछ भन्ने सन्दर्भमा दूतावासलाई सोधेका छौं । तर यो समाचार तयार पार्दासम्म जवाफ आइसकेको छैन ।

आवेदक र कर्मचारीहरु दुबैका लागि सुरक्षित हुने तरिकाले अमेरिका र नेपालबीचको यात्रा सहज बनाउन तथा पूरै भिसा सेवा संचालन गर्न दूतावासले काम गरिरहेको सन्दर्भमा आवेदकको धैर्यताका लागि धन्यवाद दिइएको छ । तर दूतावासले कहिलेदेखि नियमित भिसा सेवा संचालन गर्ने भन्नेबारे केही बताएको छैन ।

कन्सुलर सेक्सनले सिमित संख्यामा आप्रवासी भिसा जारी गरिरहेको र अमेरिकी नागरिकका दम्पत्ति, छोराछोरी, मंगेतर, एकबर्षभन्दा लामो समय नेपालमा बसेका रिटर्निङ रेसिडेन्ट तथा क्षमताले भ्याएसम्म अन्य प्रकारका भिसाहरु जारी गरिरहेको दूतावासले जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै गैरआप्रवासी भिसाहरुको सन्दर्भमा अन्तरवार्ता विना नै नविकरण गरिने भिजिटर भिसा, हवाई तथा जल यातायातका कर्मचारीको भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थामा यात्रा गर्नुपर्नेहरुका लागि गैरआप्रवासी भिसा जारी भइरहेको दूतावासले जनाएको छ । नियमित भिसा सेवा कहिलेदेखि सुचारु गर्ने भन्नेबारे आफूहरुलाई अझै थाहा नभएको दूतावासको भनाई छ ।

२४ महिनाभित्र भिसा सकिएकाले विना अन्तरवार्ता मार्च ३१ सम्म भिसा नविकरण गर्न पाउने

गैर आप्रवासी भिसाका आवेदकहरुका सन्दर्भमा भिसा शुल्क सन् २०२२ को सेप्टेम्बर ३० सम्म अद्यावधिक रहने र उक्त अवधिसम्मको भिसाका लागि सोही देशमा प्रयोग गर्न सकिने दूतावासले जनाएको छ ।

आपतकालिन यात्रा गर्नुपर्ने अवस्था भएकाहरुलाई भिसा जारी गरिएपनि नियमित वा छिटो गराइएका विद्यार्थी भिसा एफ वानका अन्तरवार्ताहरु भने अहिले नगरिएको दूतावासले जनाएको छ । यद्यपी नेपालमा रहेका अमेरिका आउन चाहने विद्यार्थीहरुले दिल्लीमा रहेको अमेरिकी दूतावास लगायतबाट विद्यार्थी भिसा एफवान प्राप्त गरिरहेका छन् ।

गतमहिना १०३३ नेपालीलाई अमेरिकाको भिसा, आप्रवासी भिसा पाउनेमात्र ४३७

जनवरीमा दिल्लीमा रहेको अमेरिकी दूतावासमार्फत अमेरिकाको विद्यार्थी भिसा लिने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले एकजनालाईमात्र विद्यार्थी भिसा जारी गरेपनि जनवरीमा विद्यार्थी भिसा पाउने नेपालीहरुको कुल संख्या भने १ सय ११ रहेको छ । उनीहरुका ५ जना डिपेण्डेण्टहरुले समेत भिसा पाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com