बाइडेनले दिए सिरियामा हवाई हमलाको आदेश, सिमावर्ती क्षेत्रका कैयन अखडा ध्वस्त
प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार
Photo: Touch Of Light, CC BY-SA 4.0
अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा हवाई हमलाको आदेश दिएका छन् । सिरियामा इरानले समर्थन गरेका लडाकुहरुलाई लक्ष्यीत गरेर हवाई हमला स्वीकृत गरिएको पेन्टागनले जनाएको छ ।
हवाई हमलामा सिमा नियन्त्रण बिन्दुहरुमा इरान समर्थित लडाकुहरुका अखडाहरु ध्वस्त पारितएको पेन्टागनको दावी छ । इराकमा अमेरिका र गठबन्धनका कर्मचारीहरुमाथि हालै भएको आक्रमणमो जवाफमा बाइडेनले सिरियामा हवाई हमला स्वीकृत गरेका थिए ।

इराकमा रहेका अमेरिकी निशानामा भएको रकेट हमलामा नागरिक ठेकेदारको मृत्यु भएको थियो । एकजना अमेरिकी सेनाका सदस्य र अरु ५ जना ठेकेदारहरु उक्त हमलामा घाइते भएका थिए । अमेरिकी दूतावास रहेको ग्रिनजोन लगायत बगदादमा रहेका अन्य अमेरिकी आधारहरुमा पनि रकेट आक्रमण भएको थियो ।
बिहिबार पूर्वी सिरियामा अमेरिकाले गरेको हवाई आक्रमणमा ईरान समर्थित दुईवटा लडाकु समुहमाथि निशाना गरिएको थियो ।
कभर तस्वीर: पेन्टागन






