अमेरिकामा मार्चभरमा २४० मिलियन डोज भ्याक्सिन डेलिभर हुने


प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार

अमेरिकामा मार्चभरमा २४० मिलियन डोज भ्याक्सिन डेलिभर हुने भएको छ । जुन अमेरिकाको झण्डै ४० प्रतिशत जनसंख्यालाई लगाउन प्रयाप्त हुनेछ । भ्याक्सिन उत्पादक कम्पनीहरु मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सनले मंगलबार प्रतिनिधिसभाको समितिमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

फाइजर र मोडेर्नाको भ्याक्सिन अमेरिकामा लगाउने क्रम जारी छ । यी दुई कम्पनीहरुले मार्चको अन्तिमसम्म कुल २२० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यसैसाता स्वीकृति प्राप्त गर्ने अपेक्षा गरिएको जोन्सन एण्ड जोन्सनले पनि २० मिलियन डोज भ्याक्सिन मार्चमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

अमेरिकामा चौथो कोरोनाबिरुद्धको भ्याक्सिन आष्ट्राजेनेका अप्रिलमा उपलब्ध हुने अपेक्षा गरिएको छ । स्वीकृति पाउनासाथ ३० मिलियन डोज र अप्रिलको अन्तिमसम्म ५० मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने आष्ट्राजेनेकाले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह । 

अहिलेसम्म अमेरिकामा ६५ मिलियन भ्याक्सिनका डोजहरु डेलिभर भइसकेको छ । जसमध्ये ६५ मिलियन डोज भ्याक्सिन लगाइसकिएको छ । ४४ मिलियनभन्दा धेरैले डोज भ्याक्सिन लगाइसकेका छन् । जसमध्ये दुबै डोज पाउनेहरु २० मिलियनको नजिक छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com