राहत चेक समेटिएको बिल बजेट कमिटिबाट पारित, झुक्किएर डेमोक्रेटिक सांसदबाट विपक्षमा मतदान


प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार

१४ सयको राहत चेक र काम गुमाएकालाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ४ सय डलर लगायतका राहतहरु समेटिएको बिल आज प्रतिनिधिसभाको बजेट कमिटिले एकीकृत र व्यवस्थीत गरेर पारित गरेको छ । बजेट कमिटिले आज दिउसो भर्चुअल बैठकबाट बिललाई अगाडि बढाएको हो ।

बजेट कमिटिमा भएको मतदानमा बिलका पक्षमा १९ र विपक्षमा १६ मत खसेको थियो । टेक्सासका डेमोक्रेटिक सांसद लोयड डोगेटले बिलका विपक्षमा मतदान गरेका थिए तर पछि उनले झुक्किएर विपक्षमा मतदान गरेको र आफू बिलकै पक्षमा रहेको बताएका थिए ।

आजको काम बजेट प्रकृयाबाट बिललाई अगाडि बढाउनका लागि अन्तिम मुख्य प्रकृया हो । अब यसैसाताको अन्त्यतिर बिल पूर्ण मतदानका लागि प्रतिनिधिसभाको फ्लोरमा पेश गरिने भएको छ । प्रतिनिधिसभाबाट पारित भएपनि राष्ट्रपतिको टेबुलसम्म पुग्दा भने केही संसोधन हुने देखिएको छ । किनभने सिनेटमा बिल पारित गर्दा बजेट प्रकृयाबाट पारित गर्नुपर्ने रहेकाले बिलबाट न्यूनतम ज्याला १५ डलर बनाउने, तलबी बिरामी बिदाको अवधि बढाउने लगायतका नीतिगत विषयहरु हटाउनुपर्ने अवस्था आउनसक्ने देखिएको छ ।

प्रतिनिधिसभामा शुक्रबार वा शनिबार मतदान हुने अपेक्षा गरिएको छ । डेमोक्रेटिक सांसदहरु पार्टी लाइन अनुशार नै मतदानको तयारीमा रहेका छन् । त्यसैले प्रतिनिधिसभाबाट बिल पारित हुनमा कुनै समस्या हुने देखिदैन । त्यसपछि अर्कोसाता बिल मतदानका लागि सिनेटमा लगिनेछ । मार्च १४ अगाडि नै बिल राष्ट्रपति जो बाइडेनको टेबुलमा पुग्ने र हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिनिधिसभामा डेमोक्रेटिक सांसदहरुले राहत चेक, काम गुमाएकालाई बेरोजगारी विमाका अतिरिक्त रकम र महामारीमा संघर्ष गरिरहेका साना व्यवसायलाई अतिरिक्त रकम सहितको राहत बिलको पूर्ण पाठ शुक्रबार नै सार्वजनिक गरेका थिए ।

रिपब्लिकन नेताहरुले बिलले धेरै रकम छुट्याएको भन्दै यो बिलको बिरुद्ध आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्न सुरु गरिसकेका छन् । यो बिलले राष्ट्रपति जो बाइडेनको महामारी उद्दार योजनालाई नजिकबाट समेटेको छ भने विद्यालयहरु, भ्याक्सिन वितरण र राज्य तथा स्थानीय सरकारलाई धेरै रकम उपलब्ध गराउनेछ ।

सिनेटमा बजेट प्रकृयाबाट बिल पारित गर्नका लागि डेमोक्र्याट्सको ५० भोट नै प्रयाप्त हुनेछ । पचास पचास भोट खसेमा उपराष्ट्रपति कमला ह्यारिसले ट्राइब्रेक गर्नेछिन् ।

हाउस स्पीकर न्यान्सी पेलोसीले मार्च १४ अगाडि नै बिल राष्ट्रपतिको टेबुलमा पुग्ने अपेक्षा गरेकी छिन् । मार्च १४ पछि कैयन राहतहरुको म्याद सकिने भएकाले यो बिल त्योभन्दा अगाडि नै पारित गर्ने प्रयास गरिने भएको छ ।

बिलमा हरेक व्यक्तिलाई १४ सय डलर प्रदान गरिने उल्लेख छ । ४ जनाको परिवार भएको खण्डमा उनीहरुले ५६०० सय प्राप्त गर्नेछन् । बार्षिक आम्दानी ७५ हजार डलर भन्दा कम रहेका व्यक्ति र एकलाख ५० हजार डलरभन्दा कम रहेका दम्पत्तिले पूर्णरुपमा राहत चेक पाउनेछन् । सन् २०१९ को वा २०२० को आम्दानीका आधारमा हिसाब गरिनेछ ।

अहिले बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान भइरहेकोमा यो बिलले अगस्त २९ सम्म अतिरिक्त साप्ताहिक ४ सय डलर प्रदान गर्नेछ । महामारी सहायता कार्यक्रम पीयुए ५० हप्ताबाट ७४ हप्तासम्म लम्बिनेछ भने महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति २४ हप्ताबाट ४८ हप्ता लम्बिनेछ ।

फुड स्ट्याम्पमा सेप्टेम्बरसम्म १५ प्रतिशत बृद्धि हुनेछ । महिला र बालबालिकाहरुका लागि पोषण कार्यक्रमका लागि ८ सय ८० मिलियन डलर खर्च हुनेछ । चाइल्ड ट्याक्स क्रेडिट पनि ६ बर्षभन्दा कम उमेरकाहरुका लागि ३६ सय डलर र ६ देखि १८ बर्षसम्मकाहरुका लागि ३ हजार डलर हुनेगरी बृद्धि हुनेछ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com