अमेरिकामा कुल कोरोना संक्रमितको तुलनामा भ्याक्सिन पाउनेको संख्या दोब्बर नजिक


प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार

अमेरिकामा कुल कोरोना संक्रमितको संख्याको तुलनामा कोरोनाबिरुद्धको भ्याक्सिन पाउनेको संख्या दोब्बर नजिक पुगेको छ । अमेरिकामा अहिलेसम्म संक्रमण पुष्टी हुनेहरुको संख्या २ करोड ७८ लाख रहेको छ भने झण्डै ६ करोड ३० लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन वितरण गरिसकिएको छ । संक्रमितमध्ये झण्डै १ करोड ९० लाख निको भइसकेका छन् ।

कोरोना संक्रमितहरुको संख्या एकबर्षदेखिको हो भने अमेरिकामा डिसेम्बरको दोश्रो साता भ्याक्सिन वितरण सुरु गरिएको थियो । अहिलेसम्म ४ करोड ३६ लाख भन्दा धेरैलाई भ्याक्सिन दिइसकिएको छ भने दुबै डोज लगाउनेहरु १ करोड ८८ लाख नाघिसकेका छन् । अहिलेसम्म ७ करोड ५२ लाख भन्दा धेरै डोज भ्याक्सिन डेलिभर भइसकेको छ ।

न्युयोर्कमा झण्डै २४ लाखले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । त्यसमा दुबै डोज पाउनेहरु झण्डै १२ लाख छन् । न्युयोर्कको कुल जनसंख्याको झण्डै १२ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ५ लाखको नजिक छ । अहिलेसम्म ४ लाख ९६ हजार भन्दा धेरैको मृत्यु भएको सीडीसीको तथ्यांक रहेको छ । अमेरिकामा विगत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १२ सय भन्दा धेरै रहेको छ भने संक्रमित संख्या ५० हजार बढी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com