अमेरिकाको लुजियानामा बन्दुक पसलमा गोली चल्दा तीनको मृत्यु, दुई घाइते


प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार

अमेरिकाको लुजियानामा रहेको एउटा बन्दुक पसलमा गोली चलेको छ । घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

दिउसो २ बजेर ५० मिनेटमा जेफर्सन गन आउटलेट नामको पसलमा गोली चलेको प्रहरीले जनाएको छ । एकजना बन्दुकधारीले सुरुमा पसलभित्र दुईजनालाई गोली हानेको थियो । ती दुबैजनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

त्यसपछि अन्य व्यक्तिले सुरुमा बन्दुक चलाउने व्यक्तिलाई रोक्न खोजेका थिए । स्टोरभित्र र बाहिर उक्त व्यक्तिलाई रोक्न खोज्दा अरु दुईजना घाइते भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मारिएको तेश्रो व्यक्ति सुरुमा बन्दुक चलाएर दुईजनाको हत्या गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । घाइते दुईजनालाई युनिभर्सिटी अस्पताल लगिएको छ । उनीहरुको अवस्था स्थीर रहेको जनाइएको छ ।

मादकपदार्थ, सुर्ती, हतियार र बिष्फोटकको न्यु ओर्लियान्स ब्यूरोका विशेष एजेण्टहरुले घटनाबारे अनुसन्धान गरिरहेका छन् । घटनाको कारण केही खुलेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com