टेक्सासमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको सुतेकै अवस्थामा निधन


प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार

अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए ।

पोष्टमार्टम रिपोर्ट अहिलेसम्म नआएको र मृत्युको कारणपनि नखुलेको जनाइएको छ । हिमपातको कारण विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएपछि उनी साथीसँग मिलेर सोमवार राति बाहिर वार्वीक्यु पार्टी गरेका सुत्न गएका थिए ।

मंगलवार विहान साथीले उनलाई मृत अवस्थामा कोठामा फेला पारेका थिए । झापाको वुधवारेका प्रमोद कम्प्युटर साइन्सको विद्यार्थी रहको र अध्ययनसंगै काम गरिरहेको जनाइएको छ ।

नेपालमा रहेका आफन्तहरुले उनको शव नेपालमा पठाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । पोष्टमार्टमको रिपोर्ट प्राप्त भएपछि उनको शव नेपाल पठाउनेबारे पहल गरिने जनाइएको छ ।

अमेरिकामा रहेका नेपालीहरुले उनको निधनमा शोक व्यक्त गरिरहेका छन् भने परिवारजनमा समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

टेक्सासमा नेपाली विद्यार्थीहरुको बाक्लो बसोबास रहेको छ । अमेरिकामा सबै राज्यको तुलनामा सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु पनि टेक्सासमा रहेका छन् । पछिल्लो समयमा टेक्सासमा रहेका नेपाली विद्यार्थीहरुका सन्दर्भमा कैयन अप्रिय घटनाहरु बाहिर आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com