बेलायतकी महारानीका पति राजकुमार फिलिप अस्पताल भर्ना


प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार

बेलायतकी महारानी एलिजाबेथ द्वितियका ९९ बर्षका पति राजकुमार फिलिप बिरामी भएपछि लण्डन अस्पतालमा लगिएको छ । बकिंघम प्यालेसले जारी गरेको वक्तब्य अनुशार फिलिपलाई मंगलबार साँझ अस्पतालमा भर्ना गरिएको हो ।

फिलिप कारमा चढेर अस्पतालमा गएको र इमर्जेन्सी अवस्था नरहेको बताइएको छ । उनी अस्पतालमा पनि आफै हिडेको र उनको बिरामी कोरोना सम्बन्धित नभएको जनाइएको छ । महारानी एलिजाबेथ भने पश्चिम लण्डनको वीन्डसोर क्यासलमा नै रहेको जनाईएको छ ।

वीन्डसोर क्यासल

बिरामी भएपछि डाक्टरहरुको सल्लाह अनुशार पूर्वसावधानीका लागि फिलिपलाई अस्पताल लगिएको दरबारको वक्तब्यमा उल्लेख छ । फिलिपलाई अझै केही दिन अस्पतालमा नै भर्ना गरिने समेत जनाइएको छ ।

राजकुमार फिलिप सन् २०१७ बाट सार्वजनिक जीवनबाट पछाडि हटेका थिए । त्यो यता उनलाई कैयनपटक अस्पतालमा जानु परेको छ । सन् २०१९ को डिसेम्बरमा पनि उनी आफ्नो पुरानो स्वास्थ्य अवस्थाका कारण अस्पतालमा भर्ना हुनुपरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महारानी एलिजाबेथ द्वितिय र उनका पति फिलिप पछिल्ला दिनहरुमा वीन्डसोर क्यासलमा बस्दै आएका छन् । गतबर्ष कोरोनाको महामारीको पहिलो छाल आएपछि उनीहरु बकिंघम प्यालेसबाट बसाई सरेर त्यहाँ गएका हुन् । उनीहरुले जनवरीमा कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज प्राप्त गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com