महाभियोग असफल भएपछि ट्रम्पबिरुद्ध संघीय अदालतमा मुद्दा दायर


प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार

महाभियोग असफल भएपछि पूर्व राष्ट्रपति ट्रम्पबिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । प्रतिनिधिसभाका मुख्य डेमोक्रेटिक नेताहरुले ट्रम्पबिरुद्ध संघीय अदालतमा मुद्दा दायर गराएका हुन् ।

ट्रम्प र उनका वकिल रुडी जुलियानीले जनवरी ६ को हिंशा उक्साउन अति दक्षिणपन्थी समुहहरु प्राउड बोइज र ओथ किपर लगायतसँग मिलेर षड्यन्त्र गरेको अभियोग सहित अदालतमा मुद्दा दायर गरिएको हो । अश्वेतहरुबिरुद्ध श्वेत सर्वोच्चतावादीहरु कु क्लुक्स क्लानको हिंशाबिरुद्ध लड्न बनाइएको गृहयुद्धपछिको कानूनलाई आधार मानेर ट्रम्पबिरुद्ध मुद्दा दायर गरिएको छ ।

मिसिसिपीका डेमोक्रेटिक सांसद बेनी थम्पसनले आफ्नो व्यक्तिगत खर्चमा उक्त मुद्दा दायर गराएका हुन् । जनवरी ६ को क्यापिटल हिल दंगालाई आधार बनाएर ट्रम्पबिरुद्ध संघीय अदालतमा मुद्दा दायर गरिएको यो पहिलो पटक हो । यो मुद्दा अगाडि बढेमा सिनेटको महाभियोग परीक्षणमा पेश नगरिएका अन्य प्रमाणहरु पनि पेश गरिने अपेक्षा गरिएको छ ।

ट्रम्पलाई महाभियोगबाट उन्मुक्ति दिलाउनका लागि सिनेटमा मतदान गरेका कैयन रिपब्लिकन नेताहरु पनि घटनामा ट्रम्प दोषी रहेकोमा सहमत छन् । तर उनीहरुले पदबाट हटिसकेको व्यक्तिलाई महाभियोग लगाउनु असंवैधानिक हुने भन्दै महाभियोगको विपक्षमा मतदान गरेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले राष्ट्रपतिमा रहँदा गरेका कामका लागि ट्रम्प अझै पनि जिम्मेबार हुने बताएका छन् । ट्रम्पले सबै कुराबाट उन्मुक्ति नपाएको र मुलुकमा अपराध गर्नेलाई दण्डित गर्ने न्याय प्रणाली र नागरिक अभियोग रहेको समेत म्याक्कोनेलले बताएका छन् ।

शनिबार सिनेटबाट महाभियोगका सन्दर्भमा उन्मुक्ति पाए लगत्तै ट्रम्पले अमेरिकालाई पुन महान बनाउने देशभक्तिपूर्ण, ऐतिहासिक र सुन्दर अभियान सुरु भएको भन्दै वक्तब्य जारी गरेका थिए । ट्रम्पलाई महाभियोग लगाउन सिनेटमा ६७ भोटको आवश्यक रहेकोमा ५७ भोटमात्र खसेको थियो । जसमा ७ जना रिपब्लिकन सिनेटरहरुले समेत साथ दिएका थिए ।

महाभियोगबाट उन्मुक्ति पाउँदैमा ट्रम्पले सबै कुराबाट अहिले नै उन्मुक्ति पाउने भने देखिएको छैन । जनवरी ६ मा राष्ट्रपति निर्वाचनको परिणाम प्रमाणिकरण गर्नबाट रोक्न क्यापिटल हिलमा दंगाको लागि उक्साएको लगायतका विषयमा ट्रम्पले आगामी साता र महिनाहरुमा अझ धेरैकानूनी लडाईको सामना गर्नुपर्ने देखिएको छ ।

रिपब्लिकन नेता मिच म्याक्कोनेलले उक्त दंगाका लागि ट्रम्प व्यवहारिक र नैतिक रुपमा जिम्मेबार भएको कुरामा कुनै प्रश्न नरहेको बताएका छन् । ट्रम्पलाई उन्मुक्ति दिलाउनका लागि भोट गरेपनि आफ्नो भोटले ट्रम्पको गतिविधिको प्रतिनिधित्व नगर्ने बरु राष्ट्रपतिबाट हटिसकेको एउटा नागरिकबिरुद्ध महाभियोग लगाउन नहुने आफ्नो विचारको प्रतिनिधित्व गर्ने म्याक्कोनेलको भनाई छ ।

जर्जियाका सेक्रेटरीलाई ट्रम्पले गरेको फोनकलका सन्दर्भमा पनि खुला छानविन भइरहेको छ । ट्रम्पले जर्जियाका सेक्रेटरीलाई फोन गरेर चुनावी नतिजा उल्टाउनका लागि आफ्ना पक्षका प्रयाप्त भोटहरु खोज्न दवाव दिएका थिए । त्यस्तै केही डेमोक्र्याट्सहरु ट्रम्पलाई अर्कोपटक ह्वाइटहाउस जानबाट रोक्न फरक खालका बाटाहरु समेत खोजिरहेका छन् ।

ट्रम्पलाई १४ औं संसोधन लगाएर पनि फेरी राष्ट्रपतिमा चुनाव उठ्नबाट रोक लगाउने बाटो खोजिदैछ । संघीयतालाई कमजोर बनाउने पूर्व पदासिनहरुलाई फेरी पदमा पुग्नबाट रोक लगाउनका लागि उक्त प्रावधान ल्याइएको थियो । ट्रम्पलाई पनि यही आधारमा फेरी पदमा पुग्नबाट रोक लगाउनेबारे डेमोक्र्याट्सहरुले विचार गरिरहेका छन् ।

यो प्रावधानले सपथ लिएर संसद सदस्यका रुपमा वा अन्य सरकारी पदमा पुगेको व्यक्तिले विद्रोह वा ध्वंसका लागि उक्साएको खण्डमा त्यसलाई उक्त पदमा अर्को पटक जानका लागि रोक लगाउँछ । १४ औं संसोधनले यो प्रावधान कार्यान्वयनका लागि उचित नियम कानून बनाउनका लागि संसदलाई अधिकार दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com