अमेरिकामा कुल जनसंख्याको १२ प्रतिशत बढीले लगाइसके भ्याक्सिन


प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार

Photo by Nataliya Vaitkevich from Pexels

अमेरिकामा कुल जनसंख्याको १२ प्रतिशत भन्दा बढीले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गरिसकेका छन् । अहिलेसम्म झण्डै ४० मिलियनले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गरिसकेको सीडीसीले जनाएको छ । जसमध्ये दुबै डोज पाउनेहरु झण्डै १५ मिलियन रहेका छन् ।

अहिलेसम्म कोरोनाबिरुद्धको भ्याक्सिनको ७१ मिलियन डोज भ्याक्सिन डेलिभर गरिसकिएको छ । जसमध्ये ५५ मिलियनभन्दा धेरै डोज भ्याक्सिन पाखुराहरुमा लगाइसकिएको छ ।

न्युयोर्क सिटीमामात्र अहिलेसम्म झण्डै १३ लाख भ्याक्सिनका डोज प्रदान गरिसकिएको छ । जसमध्ये कम्तीमा पहिलो डोज पाउनेहरु झण्डै साढे ८ लाख, दोश्रो डोज पनि पाउनेहरु ३ लाख ७० हजार बढी, संघीय फार्मेसी कार्यक्रमबाट पाउनेहरु १ लाख ३३ हजार रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीमा अहिलेसम्म १७ लाख ३७ हजार डोज भ्याक्सिन डेलिभर भइसकेको छ । न्युयोर्कसिटीभित्र कुल जनसंख्याको स्टेशन आइल्याण्डमा ९ प्रतिशत, म्यानहटनमा ७ प्रतिशत, क्वीन्समा ६ प्रतिशत, ब्रुकलिनमा ५ प्रतिशत र ब्रोंक्समा ६ प्रतिशतले भ्याक्सिन पाइसकेका छन् ।

न्युयोर्क सिटीमा भ्याक्सिन प्राप्त गर्नेहरुमा सबैभन्दा धेरै श्वेत ४३ प्रतिशत, एसियन १५ प्रतिशत, ल्याटिनो १६ प्रतिशत, अश्वेत ११ प्रतिशत र अन्य १४ प्रतिशत रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com