विद्यालय छ, विद्यार्थी छैनन्


प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार

बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ। यो सत्य हो। कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ ।

सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी गरी तीन कर्मचारी रहे पनि विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउने गरका छन्। विद्यार्थी नहुँदा शिक्षक विद्यालय आएर हाजिर लगाएर जाने गरेको उनिहरुको दिनचर्या छ। विद्यालयमा विद्यार्थी नभए पनि त्यहाँ रहेका शिक्षक भने तलब भत्ता खाएर दिन बिताउने गरेको र विद्यालयको अनुगमन नहुँदा विद्यालयमा एक विद्यार्थी पनि नभएको प्रधानाध्यापक शर्मानन्दप्रसाद साहको गुनासो छ। उनले विद्यालयमा विद्यार्थी भएको कुनै रेकर्ड नै नभएको समेत बताए ।

विगत लामो समयदेखि राजनीतिकको अखडाका रुपमा विद्यालय रहेकाले पठनपाठन प्रभावित हुने हुँदा विद्यार्थीको उपस्थिति नभएको गुनासो स्थानीयवासीको छ। पटकपटक विद्यालय सुधारका लागि स्थानीय निकाय, वडा कार्यालय तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराउँदासमेत कसैले विद्यालयप्रति चासो नराखेकाले यस्तो अवस्था आएको हो ।

विद्यालय स्थानीय तहमा आएपछि शिक्षा क्षेत्रमा देखिएको समस्याबारे जिज्ञासा राख्दा महागढीमाई नगरपालिका शिक्षा विकास शाखाका प्रमुख रामविश्वासप्रसाद चौरसियाले सो विद्यालयका प्रधानाध्यापक साहको कमी कमजोरीका कारण विद्यालयमा विद्यार्थीको सहभागिता न्यून रहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो विद्यालयलाई चैत महिनासम्ममा विद्यार्थी जुटाउन आदेश दिएको र सो समयमा विद्यार्थी जुटाउन नसके विद्यालयलाई समायोजन प्रक्रियामा लग्ने नगरपालिकाले जनाएको छ। विद्यालयमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात लगेकाले त्यहाँबाट केही निर्णय नआएसम्म कुनै कदम चाल्न नसक्ने नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताए। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com