प्रतिनिधिसभामा रिपब्लिकन नियन्त्रण कायम भए कमला ह्यारिसबिरुद्ध महाभियोग लगाउने चेतावनी


प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार

उपराष्ट्रपति कमला ह्यारिस

रिपब्लिकन सिनेटर लिण्डसे ग्राहमले प्रतिनिधिसभामा रिपब्लिकनहरुको नियन्त्रण कायम रहे उपराष्ट्रपति कमला ह्यारिसबिरुद्ध महाभियोग प्रस्ताव ल्याउने चेतावनी दिएका छन् । सिनेटले डोनाल्ड ट्रम्पलाई उन्मुक्ति दिएको एकदिनपछि आइतबार ग्राहमले यस्तो चेतावनी दिएका हुन् ।

उपराष्ट्रपति ह्यारिसले समरमा प्रदर्शनकारीहरुको जमानतका लागि फण्डलाई समर्थन गरेको र उनलाई पनि ट्रम्पलाई क्यापिटल हिल दंगाका लागि उक्साएको जस्तै अभियोग लगाउन सकिने ग्राहमले बताए । यदि ट्रम्पबिरुद्धको महाभियोगको जस्तै मोडल प्रयोग गर्ने हो भने प्रतिनिधिसभामा रिपब्लिकनको नियन्त्रण कायम भएको बेला कमला ह्यारिसले पनि उन्मुक्ति पाउन नहुने उनको भनाई छ ।

कमला ह्यारिसले पनि दंगाकारीलाई जमानत सहयोग गरेको र दंगाकारीले सडकमा मान्छेका टाउको फोरेको उनको तर्क छ । ट्रम्पबिरुद्ध महाभियोग ल्याएर अमेकिरामा प्यान्डोराको बाकस खोलिएको उनले बताए । प्यान्डोराको बाकस खोलेपछि संसारमा दुख, पीडा र समस्याहरु बाहिर आएको ग्रिक कथा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्राहमले मिनेसोटा फ्रिडम फण्डमा कमला ह्यारिसको समर्थनको विरोध गरेका छन् । उक्त फण्डले प्रदर्शनकारीहरुलाई जमानतका लागि सहयोग पुगेको उनको भनाई छ । ग्राहमले यसअगाडि पनि कमला ह्यारिसबिरुद्धको महाभियोगको कुरा उठाएका थिए ।

शनिबारमात्र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग परीक्षणमा सिनेटले ट्रम्पलाई उन्मुक्ति दिएको थियो । क्यापिटल हिल दंगा भड्काउन उक्साएको अभियोगमा ट्रम्पबिरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाइएको थियो ।

सिनेटमा शनिबार भएको मतदानमा महाभियोगका पक्षमा ५७ जनाले मतदान गरेका थिए भने ४३ जनाले ट्रम्पलाई उन्मुक्ति दिने पक्षमा मतदान गरेका थिए । ट्रम्पबिरुद्धको महाभियोग पारित गर्नका लागि दुईतिहाई मत अर्थात् ६७ मतको आवश्यकता पर्ने भएपनि जम्मा ५७ मत खसेपछि ट्रम्पले उन्मुक्ति पाएका हुन् ।

७ जना रिपब्लिकन सिनेटरहरुले ट्रम्पलाई महाभियोग लगाउने पक्षमा मतदान गरेपनि उक्त मत प्रयाप्त हुन सकेन । हाउसबाट पारित महाभियोगमा सिनेटमा उन्मुक्ति पाएको ट्रम्पले यो दोश्रो पटक हो । ट्रम्पलाई महाभियोग लगाउने पक्षमा मतदान गर्ने रिपब्लिकन सिनेटरहरु बिल क्यासिडी, सुजन कोलिन्स, रिचार्ड बर, लिसा मुर्कोस्की, मिट रोम्नी, बेन सासे र प्याट टोमी रहेका छन् ।

ट्रम्प अमेरिकी इतिहासमा हाउसबाट दुईपटकसम्म महाभियोग लगाइएका पहिलो राष्ट्रपति हुन् । तर दुईपटक नै सिनेटबाट भने यो प्रस्ताव पारित हुन नसकेपछि ट्रम्पले उन्मुक्ति पाउन सफल भए । महाभियोग पारित भएको भए सामान्य बहुमतबाट ट्रम्पलाई सिनेटबाट भविश्यमा राष्ट्रपतिमा उठ्न रोक लगाउने प्रावधान पारित गर्ने तयारी थियो ।

तर उन्मुक्ति पाएकाले अब ट्रम्पका लागि भविश्यमा राष्ट्रपतिमा उठ्न पनि प्रतिबन्ध नलाग्ने भएको छ । ७४ बर्षका ट्रम्पले २०२४ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने भएका छन् । झण्डै ५ दिनसम्मको परीक्षणपछि सिनेटमा महाभियोग परीक्षण शनिबार समाप्त भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com