टेनेसीमा चिप्लो बाटोमा एकैठाउँ ठोक्किए २१ गाडी, १२ जना घाइते


प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार

टेनेसीको नासभिल रोडमा बरफ जमेका कारण भएको दुर्घटनामा २१ वटाभन्दा धेरै गाडीहरु एकआपसमा ठोक्किएका छन् । आज विहान ८ बजे उक्त दुर्घटना भएको र कम्तीमा १२ जना घाइते भएका कारण अस्पताल लगिएको जनाइएको छ ।

ओल्ड हिकोरी ब्लुभर्ड नजिकै आई २४ इस्टमा दुर्घटना भएको हो । दुर्घटनामा परेका १२ जना घाइते भएपनि अरु १२ जना भने सकुशल नै रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मध्य टेनेसीको विभिन्न भागमा शनिबार विहान मौषम एड्भाइजरी जारी गरिएको थियो । बरफ सहितको वर्षा, चिसो कुहिरो र तुषारोका कारण बाटोमा बरफ जम्न पुगेको जनाइएको छ । जसका कारण बाटाहरु चिप्ला भएका थिए ।

यात्रुहरुलाई अतिरिक्त सावधानी अपनाउन र विस्तारै गाडी चलाउन सुझाव दिइएको थियो । बन्द गरिएको बाटोमा नुन छर्किएपछि पुन खुला गरिएको थियो ।

बिहिबार मात्र टेक्सासको फोर्टवर्थमा भएको दुर्घटनामा कम्तीमा १३३ वटा गाडीहरु एकआपसमा ठोक्किदा ६ जनाको मृत्यु भएको थियो । खराब मौषमका कारण दुर्घटना भएको र दुर्घटनामा अन्य कैयन घाइते भएका थिए ।

कम्तीमा ३६ जना घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको थियो । सामान्य घाइते अरु ६५ जनाको घटनास्थलमै उपचार गरिएको थियो भने उनीहरुमध्ये केही आफै अस्पताल गएका थिए ।

जमेको पानी बर्षा हुँदा बाटोहरु चिप्ला भएको र बाटोमा पातलो बरफ जमेको थियो ।

खराब मौषमका कारण सडकपेटीहरु, पुलहरु र बाटाहरु चिप्ला भएका थिए ।  दुर्घटनाका कारण केही सडक बन्द गरिएको थियो भने केही सडक जगेडा राखिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com