न्युयोर्क सिटीमा ट्रेनभित्र चक्कु प्रहारबाट दुईजनाको हत्या, अहिलेसम्म कोही पक्राउ परेनन्


प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार

न्युयोर्क सिटीको ‘ए’ ट्रेनभित्र गएराती दुईवटा चक्कु प्रहारका घटना भएका छन् । चक्कु प्रहारबाट फरक फरक घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

शुक्रबार राती साढे ११ बजेतिर ‘ए’ ट्रेनभित्र एकजना व्यक्तिलाई घाँटी र पेटमा कैयनपटक चक्कु प्रहार भएको थियो । क्वीन्सको फार रकवेमा मोट एभिन्यु स्टेशनमा चक्कु प्रहार भएको जनाइएको छ । ती व्यक्तिलाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो ।

Image by Corey Ryan Hanson from Pixabay

त्यसको दुईघण्टापछि नै राती साढे १ बजे वेष्ट २०७ स्ट्रीट र ब्रोडवेमा ए ट्रेनमा एकजना महिलामाथि चक्कु प्रहार भएको छ । ४४ बर्षकी ती महिलाको शरीरका विभिन्न भागमा चक्कु हानिएको थियो । उनलाई पनि घटनास्थलमा नै मृत घोषणा गरिएको थियो ।

मृतक दुबै जना व्यक्ति होमलेस भएको जनाइएको छ । दुबै चक्कु प्रहारका घटना सम्बन्धित भए नभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर उक्त घटनाका सन्दर्भमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com