जापानमा ७ दशमलव ३ म्याग्निच्युटको भूकम्प, साढे ८ लाख घर अन्धकार
प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार
जापानमा ७ दशमलव ३ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुशार शनिबार अबेर फुकुशिमामा भूकम्प जाँदा कैयन घाइते भएका छन् भने विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । भूकम्पबाट सुनामीको भने कुनै जोखिम नभएको जनाइएको छ ।
Woke up to shaking in Tokyo. Turned on TV to learn Magnitude 7.1 earthquake just hit off Fukushima prefecture — just 3 weeks ahead of the 10 year anniversary. Hope everyone is okay. pic.twitter.com/uT0LKJqqHd
— Kurumi Mori (@rumireports) February 13, 2021
झण्डै साढे ८ लाख घरमा विद्युत आपूर्तिमा अवरोध भएको जनाइएको छ । टोकियोबाट झण्डै १३५ माइल उत्तरमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ । तर धक्का भने लगभग जापानभर नै अनुभव गरिएको छ । आगामी सातासम्म पराकम्पहरु पनि जानसक्ने चेतावनी दिइएको छ ।

सन् २०११ मा भयानक भूकम्प र सुनामीबाट जापानमा १९ हजारभन्दा धेरैको ज्यान गएको १० बर्ष पुग्न एकमहिना बाँकी रहँदा यो शक्तिशाली भूकम्प गएको हो । भूकम्पले फुकुशिमामा रहेको आणविक भट्टीमा पनि धक्का दिएको छ । तर आणविक भट्टीमा कुनै असाधारण नोक्सान भने पुगेको छैन ।
अहिलेसम्म कम्तीमा ३० जना घाइते भएको खबर आएको छ । भूकम्पले भौतिक संरचनामा कुनै ठूलो क्षति गरेको खबर आएको छैन । प्रधानमन्त्रीले तत्काल क्षतिको मूल्यांकन गर्न आदेश दिएका छन्।






