लामो समयदेखि ग्रिनकार्ड वा अन्य आवेदन पेन्डिङ छ ? धेरै नकुरेर अपनाउनुहोस् पाँच तरिका


प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार

यदि तपाईले ग्रिनकार्ड, अमेरिकी नागरिकता वा अन्य सुविधाका लागि अमेरिकी सरकारको युएससीआईएसमा आवेदन दिनुभएको छ तर त्यसबारे निर्णय हुनमा युएससीआईएसले तोकेको भन्दा धेरै समय लागेको छ भने तपाईले छिटो निर्णय गराउनका लागि चारवटा तरिकाहरु अपनाउन सक्नुहुनेछ ।

पहिलो तपाईले अनलाइनमार्फत युएससीआईएसमा अनुरोध गर्न सक्नुहुनेछ ।

त्यसका लागि तपाईले यो लिंकमा गएर आफ्नो केसको बारेमा युएससीआईएसलाई सचेत गराउन सक्नुहुनेछ ।

यदि तपाईको केसबारे निर्णय हुन युएससीआईएसले तोकेको भन्दा धेरै समय लागेको छ भने यो विधिबाट तपाईले आफ्नो केसमा छिटो निर्णय गराउन सक्नुहुन्छ ।

तोकेको समयभन्दा बढी लागे नलागेको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

तपाईले भरेको फर्मको नाम र फिल्ड अफिस वा सर्भिस सेन्टर छनौट गरेर सामान्य भन्दा धेरै अवधि लागे नलागेको चेक गर्नुहोस् । उदाहरणका लागि तपाईको ग्रिनकार्ड आवेदन एसाइलममा आधारित रहेको छ र नेब्रास्का सर्भिस सेन्टरमा रहेको छ भने तपाईले जुन २ , २०१८ भन्दा अगाडि दिएको आवेदनका सन्दर्भमा अहिले युएससीआईएसँग अनुरोध गर्न सक्नुहुनेछ ।

त्यस्तै तपाईको ग्रिनकार्ड आवेदन रोजगारमा आधारित रहेको छ र न्युयोर्कको क्वीन्स रहेको छ भने तपाईले जुलाई ६, २०१८ भन्दा अगाडि दिएको आवेदनका सन्दर्भमा अहिले युएससीआईएसँग अनुरोध गर्न सक्नुहुनेछ ।

दोश्रो तपाईले युएससीआईएसको ग्राहक सेवा केन्द्रमा फोन गरेर आफ्नो केसमा ढिलाई भइरहेकोबारे जानकारी दिन सक्नुहुनेछ । ग्राहक सेवा केन्द्रका अधिकारीले तपाईले फोनमार्फत गरेको अनुरोध सिस्टममा राखिदिनेछन । त्यसपछि तपाई १५ दिनभित्र त्यसको जवाफ प्राप्त गर्नुहुनेछ ।

तेश्रो तपाईले युएससीआईएसको यो लिंकमा गएर इन्फोपास अप्वाइन्टमेन्ट लिन सक्नुहुनेछ

अप्वाइन्टमेन्ट लिएर युएससीआईएसको फिल्ड अफिसमा गएर आफ्नो केसबारे सोधखोज गर्न सक्नुहुनेछ । पछिल्लो चरणमा कोरोना महामारी लगायतका कारण यसका नियममा केही परिवर्तन आएको छ ।

चौथो तपाईले आफ्नो केसबारे अमेरिकी सांसदको अफिसबाट युएससीआईएसमा पत्र लेखाउन सक्नुुहुन्छ । तपाईको क्षेत्रको कँग्रेसम्यानको अफिसबाट यो काम सहजै गराउन सकिन्छ ।

पाँचौं, तपाईले संघीय अदालतमा रिट फाइल गर्न सक्नुहुन्छ । यस्तो रिटले तपाईको केसबारे छिटो निर्णयका लागि युएससीआईएसलाई दबाब पुग्छ । तर तपाईले कुनै पनि कदम चाल्नु अगाडि आफ्नो केसबारे वकिलसँग छलफल गर्नु उचित हुन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com