टेक्सासमा सडकमा बरफ जमेर भएको दुर्घटनामा १३३ गाडी ठोक्किएको र ६ को मृत्यु भएको पुष्टी


प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार

(नोट: यो समाचारको शीर्षक र विवरण अतिरिक्त जानकारीसहित अपडेट गरिएको छ – सम्पादक)

बिहिबार विहान टेक्सासको फोर्टवर्थमा भएको दुर्घटनामा कम्तीमा १३३ वटा गाडीहरु एकआपसमा ठोक्किएको र ६ जनाको मृत्यु भएको पुष्टी भएको छ । खराब मौषमका कारण दुर्घटना भएको र दुर्घटनामा अन्य कैयन घाइते भएको जनाइएको छ ।

कम्तीमा ३६ जना घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको जनाइएको छ । सामान्य घाइते अरु ६५ जनाको घटनास्थलमै उपचार गरिएको थियो भने उनीहरुमध्ये केही आफै अस्पताल गएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्घटना विहान ६ बजेतिर भएको हो । जमेको पानी बर्षा हुँदा बाटोहरु चिप्ला भएको र बाटोमा पातलो बरफ जमेको जनाइएको छ । उक्त क्षेत्रमा बेलुका ६ बजेसम्मका लागि एड्भाइजरी जारी गरिएको थियो ।

खराब मौषमका कारण सडकपेटीहरु, पुलहरु र बाटाहरु चिप्ला भएका थिए । उक्त क्षेत्रमा आज विहान अन्य कैयन दुर्घटनाहरु पनि भएका खबर आएका छन् । जमेको बरफका कारण बाटोको अवस्था खतरनाक भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ ।

दुर्घटनाका कारण केही सडक बन्द गरिएको थियो भने केही सडक जगेडा राखिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com