बर्माका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै संकटकाल घोषणा, अमेरिका प्रवेश निषेध


प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार

बर्माका वर्तमान अवस्थाका कारण अमेरिकाको राष्ट्रिय सुरक्षा र विदेशनीतिमा असाधारण र अनियमित खतरा भएको भन्दै राष्ट्रपति जो बाइडेनले संकटकालको घोषणा गरेका छन् । उक्त संकटकालले बर्माको सत्ता कब्जामा संलग्न र सहयोगीहरुको सबै अमेरिकी सम्पत्तिहरुमा पहुँच कायममा रोक लगाउनेछ भने अमेरिका प्रवेशमा समेत प्रतिबन्ध लगाउनेछ ।

बर्माको अर्थतन्त्रको रक्षा क्षेत्रमा काम गर्नेहरु, बर्मामा राजनीतिक प्रकृया वा अवमूल्यन गर्ने नीति वा कार्यमा संलग्नहरु, बर्माको शान्ति सुरक्षा र स्थायीत्वमा खतरापूर्ण नीति र कार्यमा संलग्नहरु, बर्मामा बाक स्वतन्त्रताको उल्लंघनमा संलग्नहरु, मानवअधिकारको उल्लंघन र यातनामा संलग्नहरुलाई बाइडेनले प्रतिबन्धको घोषणा गरेका छन् ।

त्यस्तै बर्माको सैन्य वा सुरक्षा क्षेत्रका नेता वा अधिकारीहरु, फेबु्रअरी २ पछिको बर्माको सरकारका नेता वा अधिकारीहरु, उनीहरुका दम्पत्ति र बयस्क छोराछोरीहरु लगायतलाई पनि प्रतिबन्ध लगाइएको छ । यस्तो प्रतिबन्ध अनुशार अमेरिकाको क्षेत्राधिकारमा पर्ने कुनै सम्पत्ति वा रकम ट्रान्सफर गर्न, तिर्न, निकाल्न वा कुनै पनि प्रकारको पहुच कायम गर्नमा रोक लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यकारी आदेशको पूर्ण पाठ

त्यस्तै बर्माको सैन्य कूमा संलग्न वा सहयोगी बनेकाहरुलाई कुनै पनि प्रकारको सेवा, सामान वा रकममा पहुँच कायम गर्नमा पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ । बर्माबाट आप्रवासी वा गैर आप्रवासी भिसामा अमेरिका आउनमा समेत रोक लगाइएको छ । तर अमेरिकाको राष्ट्रिय रुचीभित्र पर्ने र राष्ट्रिय रुचीको विपरित नहुनेहरुलाई भने प्रवेशमा रोक नलगाइने जनाइएको छ । त्यसको निर्धारण अमेरिकी विदेश मन्त्रालय र गृह मन्त्रालयले गर्ने जनाइएको छ । यसरी अमेरिका आउन रोक लगाइनेहरुलाई सन् २०११ को कार्यकारी आदेश ८६९३ को सेक्सन १ लगाइनेछ ।

त्यस्तै सैन्य कूमा संलग्न वा सहयोगी बनेकाहरुलाई अमेरिकाबाट व्यक्तिगत वा संस्थागत डोनेशन गर्नमा समेत प्रतिबन्ध लगाइएको छ । सैन्य कूमा संलग्न वा सहयोगी बनेकाहरुका अमेरिकामा रहेको कुनै पनि पार्टनरसिप, एसोसिएसन, ट्रस्ट, संयुक्त कम्पनी, परियोजना र अन्य संस्थाहरुमा पहुचमा प्रतिबन्ध लगाइएको हो ।

यसबारेमा बाइडेनले हाउस स्पीकर र सिनेट प्रेसिडेण्टका नाममा समेत पत्राचार गरिसकेका छन् ।

उक्त पत्रको पूर्ण पाठ यहाँ पढ्नुहोस्

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com