१४ सय डलरको राहत चेकका लागि बाइडेनबाट ७५ हजार डलर आम्दानीको थ्रेसहोल्डलाई समर्थन


प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले १४ सय डलरको राहत चेकका लागि ७५ हजार डलर आम्दानीको थ्रेसहोल्डलाई समर्थन गरेका छन् । मंगलबार बाइडेनले ७५ हजारभन्दा कम आम्दानी भएकाहरुलाई १४ सय डलरको राहत उपलब्ध गराउने बिलमा आफ्नो समर्थन रहेको बताए ।

थ्रेसहोल्डका विषयमा विवाद भइरहेको बेलामा बाइडेनले ७५ हजारको आम्दानीको थ्रेसहोल्डमा आफ्नो अडान कायम राखेका हुन् । केही मध्यपन्थी डेमोक्र्याट्सहरुले आम्दानीको थ्रेसहोल्ड ५० हजार कायम राख्नुपर्ने बताउँदै आएका छन् । केही रिपब्लिकनहरु भने ४० हजारभन्दा कम आम्दानीको थ्रेसहोल्ड राख्नुपर्ने पक्षमा छन् ।

बाइडेनले १४ सयको राहत चेकका अतिरिक्त काम गुमाएकाहरुलाई साप्ताहिक ४ सय डलरको प्रावधान पारित गर्न समेत आव्हान गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार राती डेमोक्र्याट्सहरुले सार्वजनिक गरेको बिलमा पहिलेकै प्रावधान अनुशार १४ सय डलर उपलब्ध गराउने उल्लेख छ भने आम्दानीको थ्रेसहोल्ड घटाउनुपर्ने मागलाई अस्वीकार गरिएको छ । बिलको ड्राफ्टमा ७५ हजारभन्दा कम आम्दानी भएका एकल र १ लाख ५० हजारभन्दा कम आम्दानी भएका दम्पत्तिले राहत चेक पूर्णरुपमा प्राप्त गर्ने उल्लेख छ ।

सोमबार राती सार्वजनिक बिलको ड्राफ्ट

डेमोक्र्याट्सहरुले गत साता बजेट प्रकृया पारित गरिसकेकाले अब यो राहत प्याकेज रिपब्लिकनको सहमति विना सामान्य बहुमतबाट समेत पारित गर्न सक्नेछन् । अर्थात् यसलाई पारित गर्न फिलिबस्टर ६० भोटको आवश्यकता पर्नेछैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com