हरेक बच्चाका लागि ३६ सय डलर सम्मको व्यवस्थासहितको बिल डेमोक्र्याट्सबाट सार्वजनिक


प्रकाशित मिति : माघ २६, २०७७ सोमबार

डेमोक्र्याट्सहरुले १० औं मिलियन अमेरिकनका हरेक बच्चाका लागि ३ हजार डलरको व्यवस्था गर्ने बिल आज सोमबार औपचारिक रुपमा सार्वजनिक गरेका छन् । २२ पेज लामो यो बिल पारित भएमा अमेरिकन परिवारका लागि नगद सुविधालाई नाटकीय रुपमा बृद्धि गर्नेछ ।

बिलमा हरेक बच्चाका लागि मासिक २ सय ५० डलर परिवारहरुलाई पठाउने उल्लेख छ । प्रस्ताव अनुशार आइआरएसले ६ बर्षभन्दा कम उमेरका बच्चाको सन्दर्भमा बर्षमा ३६ सय डलर पठाउने छ । ६ देखि १७ बर्षबीचको बच्चाका सन्दर्भमा ३ हजार डलर पठाउनेछ ।

बार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी भएको व्यक्ति र संयुक्त फाइल गरेकाहरुका सन्दर्भमा एकलाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले आफ्ना बच्चाका सन्दर्भमा पूरै रकम पाउनेछन् । तर त्यो भन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा भने रकम घट्दै जानेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो रकम आगामी जुलाईबाट मासिक रुपमा पठाउने योजना रहेको छ । आईआरएसलाई तयारीका लागि प्रयाप्त समय उपलब्ध गराउनका लागि जुलाई सम्म ढिलो हुने जनाइएको छ ।

डेमोक्रेटिक सांसद रिचार्ड निलले अगाडि बढाएको यो बिल पारित हुने अपेक्षा गरिएको छ । महामारीले परिवारहरुलाई गरिबीमा धकेलेकाले यो बिल आवश्यक भएको सांसद निलको भनाई छ ।

तथ्यांक अनुशार विकशित देशहरुमा अमेरिकामा बालबालिका गरिबीको दर उच्च रहेको छ । अमेरिकाले अन्य क्षेत्रको तुलनामा बालबालिकाको सुविधाका लागि कम रकम खर्च गर्दै आएको छ । अहिले एकबर्षका लागि यो सुविधा ल्याउन खोजिएपनि यो सुविधालाई स्थायी बनाउन प्रयास गरिने सांसदहरुले बताएका छन् ।

आईआरएसले यो रकम जुलाई १ बाट त्यसरी नै पठाउन सुरु गर्नेछ, जसरी राहत चेक पठाएको थियो । बुबाआमाहरुले आईआरएसलाई ट्याक्स तिर्न बाँकी भएको भएतापनि यो रकम त्यसमा कटाइनेछैन । उनीहरुले ६ बर्षमुनीका बच्चाका सन्दर्भमा मासिक ३ सय र अन्यका सन्दर्भमा २ सय ५० डलर प्राप्त गर्नेछन् ।

वर्तमान चाइल्ड ट्याक्स क्रेडिटले १७ बर्षभन्दा कम उमेरका हरेक बच्चाका लागि २ हजार डलरसम्म प्रदान गर्छ । केही रिपब्लिकनहरुले चाइल्ड ट्याक्स क्रेडिट बढाउने पक्षमा समेत आफूलाई उभ्याएका छन् । युटाहका सिनेटर मिट रोम्नीले साना केटाकेटीहरुका लागि बार्षिक ४२ सय र स्कुलजाने उमेरकाहरुका लागि ३ हजार ट्याक्स क्रेडिटको प्रस्ताव गरेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com