६० हजारसम्म आम्दानी हुनेलाई १४ सयको राहत चेक दिनुपर्छ: अर्थमन्त्री


प्रकाशित मिति : माघ २६, २०७७ सोमबार

अमेरिकी ट्रेजरी सेक्रेटरी (अर्थमन्त्री) जानेट यालेनले बार्षिक ६० हजारसम्म आम्दानी हुने अमेरिकनहरु १४ सयको राहत चेकका लागि योग्य हुनुपर्ने बताएकी छिन् । आगामी राहत चेक प्राप्त गर्ने आम्दानीको थ्रेसहोल्डबारे छलफल भइरहँदा यालेनको यो भनाई सार्वजनिक भएको हो । रिपब्लिकनहरु आम्दानीको थ्रेसहोल्ड ४० हजार राख्नुपर्ने पक्षमा छन् ।

राष्ट्रपति जो बाइडेनको १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेजमा सुरुमा आम्दानीको थ्रेसहोल्ड ७५ हजार डलर तोकिएको थियो । तर आवश्यक नभएकाहरुले पनि रकम पाएको भन्दै यो थ्रेसहोल्डलाई घटाउनेबारे छलफल भइरहेको छ । जस अनुशार विगतमा राहत चेक पाएका सबैले १४ सय डलरको राहत चेक नपाई आम्दानीको थ्रेसहोल्ड पुग्नेलेमात्र पाउने सम्भावना रहेको छ ।

मध्यमार्गी डेमोक्रेटिक सांसदहरुले आम्दानीको थ्रेसहोल्ड ५० हजार डलर राख्नुपर्ने बताएका छन् । वेष्ट भर्जिनियाका डेमोक्रेटिक सांसद जो मन्चिनले आम्दानीको थ्रेसहोल्ड ५० हजार डलर राख्नुपर्ने माग गरेका छन् । दोश्रो चरणको राहत चेक सहितको प्याकेज यसै महिना पारित गर्ने हाउस स्पीकर न्यान्सी पेलोसीले संकेत गरेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रकार सम्मेलनमा उच्च डेमोक्रेटिक सांसदहरुले आगामी दुईसातामा सिनेटमा प्याकेज पठाउने बताएका छन् । सिनेटमा रिपब्लिकनहरुले राहत चेक १४ सय डलरभन्दा कम गर्नुपर्ने बताएका छन् । तर राष्ट्रपति जो बाइडेनले १४ सय डलरको प्रतिज्ञा भइसकेकाले त्यसमा रकम नघटाउने बताएका छन् ।

अमेरिकनहरुले १४ सय डलरको राहत चेक मार्चमा पाउने देखिएको छ । डेमोक्र्याट्सहरु रिपब्लिकन सांसदहरुको समर्थन विना नै बजेट प्रकृयाबाट राहत प्याकेज पारित गर्न अगाडि बढिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com